जीवन पाण्डे, बडिगाड बाग्लुङ्ग, १५ भदौ – भदौ १३ गते तेस्रो स्व. नर बहादुर बानिया स्मृती गण्डकी प्रदेश स्तरिय कराते प्रतियोगिता लामाचौरमा भएको खेलमा बडिगाड गाउपालिका कि सुमना घर्ती उत्कृष्ट खेलाडि हुन सफल भएकि छिन । १४ गते सम्पन्न भएको उक्त खेलमा ३५ के.जि तर्फ बिज्जल पाइजा प्रथम, ४५ के.जि मा नवीन थापा तृतीय, ५० के.जि मा सुजन थापा तृतीय, ५५ के.जि मा बिकास बि.क तृतीय, ५० के.जि मा प्रतिज्ञा पुन तृतीय र १४ गते भएको फाइनल खेलमा ४० के.जि तर्फ सुमना घर्ती प्रथम र लक्ष्मण पुन दित्तिय स्थान हासिल गर्न सफल भएको बडिगाड डोजोका सस्थापक राजन कुमार पाइजाले जानकारी दिनुभएको छ ।
Badigad Online