मुसिकोट नगरकार्यपालिकामा ८ सदस्य चुनिए

मुसिकोट नगरकार्यपालिकामा ८ सदस्य चुनिए

Badigad Online
1 Min Read

मनोज पाण्डे, गुल्मी । मुसिकोट नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । मुसिकोट नगरपालिकाका निर्वाचन अधिकृत दया शकंर अधिकारीले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार अमृता श्रेष्ठ, प्रतिमा केसी, माया कार्की, यमकला खराल र सम्झना कुँवर निर्वाचित भएका छन् । यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा एमालेकै नन्द बहादुर बिक, विष्णु बहादुर कुमाल र सागर नेपाली निर्वाचित भएको निर्वाचन अधिकृत अधिकारीले बताए । नवनिर्वाचित कार्यपालिका सदस्यलाई आईतबारनै प्रमाणपत्र वितरण गरिएको छ ।

अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका-२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा मुसिकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवन खरेल र उपप्रमुखमा गगां श्रेष्ठ विजयी भएका थिए । यस्तै, यस्तै मुसिकोट नगरपालिकाका ९ वटा वडामध्ये ५ वटा वडामा नेकपा एमाले र ४ वटा वडामा नेपाली काँग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित