बडिगाडको खार दाँगचौर थानापति सड्कुरे सिमाक मोटरबाटो स्तरोन्नती तथा ग्राभेल हुँदै

बडिगाडको खार दाँगचौर थानापति सड्कुरे सिमाक मोटरबाटो स्तरोन्नती तथा ग्राभेल हुँदै

Badigad Online
2 Min Read

सागर भण्डारी,बडिगाड । बडिगाड गाउँपालिकाको वडा नं ५ स्थित खार दाँगचौर थानापति सड्कुरे सिमाक मोटरबाटो स्तरोन्नती तथा ग्राभेल हुने भएको छ ।

उक्त सडकखण्ड अन्तर्गत १० किलोमिटर सडकखण्ड स्तरोन्नतीका लागि गण्डकी प्रदेश सरकारको प्रदेश रणनीतिक सडक अन्तर्गत १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बडिगाड गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र थानापति मन्दिर देखि सड्कुरे सिमाकसम्म पुग्ने उक्त मोटरबाटो बाह्रै महिना सञ्चालन गर्ने बनाउन मोटरबाटो स्तरोन्नतीको काम हुने भएको हो ।

अहिले उक्त सडक खण्ड स्तरोन्नतीको प्रारम्भिक काम सुरु भएको छ । जसअन्तर्गत सुपर परसेट ईन्जिनियरिङ सर्भे कन्सल्टले सडक सर्भेको काम सुरु गरेको छ । कन्सल्टका ईन्जिनियर मगोंल हुम्दीका अनुसार अझै १ हप्तामा सर्भेको काम सम्पन्न हुनेछ । सडक ६ मिटर चौडाका साथ ग्राभेल गरिनेछ ।

चालु आर्थिक वर्षबाट स्तरोन्नतीको काम सुरु हुने र त्रिवर्षीय योजनाका रुपमा अगाडी बढ्ने नेकपा माओवादी केन्द्रका जिल्ला सयोंजक राजिव घिमिरेले जानकारी दिनुभयो । सर्भेको काम सकिए लगत्तै सडक स्तरोन्नतीको काम सुरु गर्न तत्कालै बोलपत्र समेत आह्वान हुने भन्दै उहाँले उक्त सडकखण्ड स्तरोन्नती भएमा धेरै नागरिकले राहत महसुस गर्ने बताउनुभयो ।

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सडक ग्राभेलसँगै बाह्रै महिना यातायातका साधनहरु संचालन गर्न सकिने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले वर्षाको समयमा उक्त क्षेत्रका जनताले निकै सास्तीपूर्ण तवरले यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा यस सडकखण्डको स्तरोन्नतीसगैं नागरिकलाई सहज पुग्ने र थानापति मन्दिरको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

तस्बिर : देविराम घिमिरे/बडिगाड अनलाईन

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित