बडिगाड गाउँपालिकाले एक गर्भवती महिलाको उद्धार गरी बुटबल पठायो

बडिगाड गाउँपालिकाले एक गर्भवती महिलाको उद्धार गरी बुटबल पठायो

Badigad Online
1 Min Read

बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाकी एक गर्भवती महिलाको उद्धार गरी बुटबल पठाईएको छ ।

गाउँपालिकाको वडा नं ८ की ३१ वर्षीय ३३ हप्ताको गर्भवती बिर्मा सुनारको स्टिल बर्थ अर्थात गर्भमै बच्चाको मृत्यु भएको पाईएपछि उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाईएको हो ।

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको समन्वयमा गाउँपालिकाबाट उद्धार राहत प्रसुती प्रेषण कोष मार्फत रु १५ हजार रुपैयाँ आर्थिक सहयोग गरी एम्बुलेन्सको व्यवस्था मिलाएर थप उपचारकालागि बुटबल पठाईएको गाउँपालिकाले जनाएको छ ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालमा निशुल्क उपचार सेवा प्राप्त हुने भएपछि उनलाई यातायात खर्च उपलब्ध गराएर एम्बुलेन्सको समेत व्यवस्था गरी बुटबल पठाईएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गर्भवती भएपश्चात सुनारले रणसिहंकिटेनीमा निरन्तर स्वास्थ्य परिक्षण गराउनुभएको थियो । तर अचानक आईतबार बेलुकी उहाँको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबामा लगिएको थियो ।

बुर्तिबाङमा स्वास्थ्य परिक्षण गर्दा स्टिल बर्थ अर्थात पेटमै बच्चाको मृत्यु भएको डाक्टरले जानकारी गराएपछि तत्कालै उद्धार गरी जटिल समस्या आउन नदिन उद्धार गरी पठाईएको थापाले बताउनुभयो ।
सुनारका २ सन्तान रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित