हेम विश्वकर्मा : बागलुङको वडिगाड गाउँपालिका ३ को सिसाखानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बिहिवार दिउँसो चट्याङ लाग्दा ७० बर्षका रामप्रसाद श्रीसको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा मृतकका कान्छा छोरा भुवन श्रीस पनि घाइते भएको र उहाँको अवस्था सामान्य रहेको वडा अध्यक्ष खडक बहादुर पुनले जानकारी दिनुभयो ।
Badigad Online