दिनेश शर्मा बडिगाड बाग्लुङ १५ भाद्र २०७६,
तिजमा छोरी लिनका लागी आएका धन ब के सि भिमगिठे ७ दोन्द्रे मा मृ*त फेला परेका छ्न । तिज मा छोरी लिनका लागी बडिगाड गाउपालिका वडा न ७ भिमगिठे देबिस्थान आएका गुल्मी जिल्ला मालिका गाउपालिका वडा न २ भिरमेला का धन ब के सि १३ गते छोरी लिनका लागी भिमगिठे आइपुगेका थिए |
छोरी ले भोलिपल्ट माइत जाने कुरा गरे पछि त्यहाबाट बडिगाड ९ बल्घास मा दाजुभाइ पर्ने को मृ*त्यु भएको र चोखिने काम मा जानुपर्ने भन्दै हिडेका ४८ बर्षिय धन ब के सि आज दिउसो १ बजेतिर बडिगाड ७ दोन्द्रे भिङ खोलाको किनार मा मृत अवस्थामा फेला परेका छन | उनि भिरबाट लडेर मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यलय भिमगिठे का प्रहरी नायब निरिक्षक रिम ब बैदवार ले जानकारी दिएका छन ।१३ गतेदेखी सम्पर्क बिहिन बनेका के सि आज शब केहि सडेको तर अनुहार चिनिन सक्ने अवस्था मा फेला परेका हुन।