सागर भण्डारी,गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले विभिन्न समयमा जिल्लाका विभिन्न ठाउँबाट हराएको ३ थान मोबाइल सेट फेला पारी मोबाइल धनीलाई बुझाएको छ ।
२०७९ जेठ २३ गतेदेखि जेठ २५ गतेसम्म विभिन्न मितिमा हराएको जिल्लावासीको मोबाइल फोन फेला पारी सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलका अनुसार २०७९ जेठ २३ गते गते रेसुगां नगरपालिका १० सिमिचौरका रेशम सुनारको २२ हजार पर्ने मोबाईल साथीको कोठाबाट हराएको थियो ।
त्यस्तै जेठ २४ गते रेसुगां नगरपालिका १ उदिनढुगांका १४ वर्षीय धिरज बरालको २४ हजार रुपैयाँ पर्ने मोबाईल साथीहरुसगैं सुतिरहेको अवस्थामा हराएको थियो ।
अनुसन्धानका क्रममा दुबै मोबाईल रेसुङ्गा नगरपालिका २ साहु टोलका १४ को नाबलकले लगेको अवस्थामा फेला पारी सम्बन्धित धनीलाई बुझाईएको खरेलले बताए ।
त्यस्तै जेठ २५ गते इश्मा गाउँपालिका १ हुलाकेका मन कुमार राईको स्थानीय पाण्डे होटलबाट हराएको १८ हजार रुपैयाँ पर्ने मोबाईल सेट पनि फेला पारी सम्बन्धित धनिलाई बुझाईएको छ ।
फेला पारिएका वा बरामद गरिएका मोबाइलहरु प्रहरीले अनुसन्धान गर्ने क्रममा विभिन्न प्रविधि र सूचनाको प्रयोगबाट प्रमाण जुटाएर गरेको खरेलले बताए ।