व्यक्तिगत खर्चमा पार्कमा ६ फुट ६ ईन्चको मुर्ति

व्यक्तिगत खर्चमा पार्कमा ६ फुट ६ ईन्चको मुर्ति

Badigad Online
1 Min Read

सागर भण्डारी, गुल्मी : मुसिकोट नगरपालिका वडा नं ७ स्थित निर्माणाधिन स्मार्ट पार्कमा एक परिवारले व्यक्तिगत खर्चमा हनुमानको मुर्ति स्थापना गरिदिएका छन् ।

मुसिकोट जन्म घर भई हाल रुपन्देही बस्ने तथा रोजगारको सिलसिलामा जापानमा रहेका बेदप्रसाद सापकोटा (कृष्ण),रीता सापकोटा, सुदिप सापकोटा र विष्णु सापकोटाको परिवारले स्व. बुबा आमा हरिलाल सापकोटा र बुद्धकला सापकोटाको स्मृतिमा हनुमान भगवानको पूणर्कदको मूर्ति राखिदिएका हुन् ।

मुर्तिको शनिवार भजन किर्तन तथा पुजा आजा सहित बयोवृद्धद्धय मुरारी सापकोटा र लालचन श्रेष्ठद्धारा औपचारिक अनावरण गरिएको छ । ६ फुट ६ ईन्च उचाई रहेको उक्त मुर्ति २७५ किलोग्राम रहेको छ ।

आफ्नो बुबाको ईच्छा पुरा गर्नका लागि आफुहरुले मुर्ति राख्ने निणर्य गरेको बेदप्रसाद सापकोटाले बताए । उक्त मुर्ति भारतबाट ल्याईएको हो । झण्डै १० लाख नेपाली रुपैयाँमा मुर्ति ल्याईएको सापकोटाले जानकारी दिए ।

मुर्तिको अनावरणसगैं पुजाआजा र दर्शनका लागि सबै भक्तजनहरुलाई खुल्ला गरिएको छ । मुर्ति संरक्षणका लागि स्थानीय एउटा समिति बनाएर रेखदेखको जिम्मा दिने तैयारी गरिएको सापकोटाको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित