बडिगाड । बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९ /८० को नीति तथा कार्यक्रम निर्माणको प्रारम्भिक चरणमा गाउँपालिका भित्रका शिक्षा र स्वास्थ्यसगं सम्बन्धित योजना तथा सुझाव सकंलन गरेको छ ।
गाउँपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य चौकीका प्रमुखहरुसगं व्यापक छलफल गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नै पर्ने आवश्यकताका विषय माथि सुझाव मागेको छ ।
बडिगाड गाउँपालिकाको आफ्नै स्थानीय पाठ्यक्रम निर्माण,शिक्षा ऐन निर्माण र नयाँ आर्थिक वर्षमा गाउँपालिकाले प्राथमिकता दिनुपर्ने विषयका बारेमा छलफल गरी महत्पूणर् सुझावहरु सकंलन गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य र शिक्षा विकासका प्रमुख आयाम रहेकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका थिए । त्यस्तै उनीहरुले जग बलियो भए मात्रै घर बलियो हुन्छ भन्ने मान्यतालाई ध्यानमा दिई बालविकास केन्द्रबाटै शैक्षिक सुधार गर्नुपर्ने बताए । उनीहरुले गाउँपालिका भित्र कम्तिमा पनि आधारभूत स्वास्थ्य सेवा नागरिकले सहज रुपमा गाउँकै स्वास्थ्य चौकीबाट लिन सक्ने व्यवस्था मिलाउन आग्रह गरे ।
छलफल कार्यक्रममा आएका सुझावहरुलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी बढाउने बताउनुभयो । उहाँले शिक्षा सगं गाउँपालिका र स्वास्थ्य सगं गाउँपालिका कार्यक्रम सञ्चालन गरी विशेष योजनाका साथ अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा ६१ वटा विद्यालयका प्रधानाध्यापक, १० वटै वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, गाउँपालिका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
दुई चरणमा सञ्चालन भएको कार्यक्रम मध्ये स्वास्थ्य तर्फको छलफलको सहजीकरण अहेब हेम प्रसाद पुन तथा शिक्षा तर्फको कार्यक्रमको सहजीकरण निमिक्त प्रमुख प्रशाशकीय अधिकृत थम्मन बहादुर रेश्मीले गर्नुभएको थियो ।