बडिगाडको पौदिटारीमा बिदेशी शिक्षक !

बडिगाडको पौदिटारीमा बिदेशी शिक्षक !

Badigad Online
3 Min Read

जीवन पाण्डे,बडिगाड बाग्लुङ, भाद्र २०

बडिगाड गाउपालिका वडा न. ०५ मा रहेको पौदी टारी आधारभुत बिद्यालय मा आज दुई बिदेशी शिक्षक लाई एक कार्यक्रममा बिच स्वागत गरिएको छ । शिक्षक बेलायती नागरिक हुन । प्रोजेक्ट ट्रस्ट बाट शिक्षकको रुपमा आएका हन्ना म्याकलन्टोस ( हेमा) र टान्जिन लङहर्न (तारा) लाई सम्पुर्ण बिद्यार्थी एबम अभिभावक को माझमा स्वागत गरिएको हो । प्रोजेक्ट ट्रस्ट नामक बिदेशी संस्था को नेपाल बेलायत प्रतिनिधि को रुपमा रहनु भएका डा. शान्ताराज शर्माले उक्त दुई शिक्षकलाइ पौदी टारी आधारभुत बिद्यालयमा ल्याउनु भएको हो ।

बिद्यालयले २०६९ सालबाट बोर्डिङ स्कुल (व्याक्तिगत बिधालय) मा मात्रै राम्रो पढाइ हुन्छ भन्ने कुरालाइ चिर्दै अङ्ग्रेजी माध्यम सहित गुणस्तरिय रुपमा पढाउन सुरु गरेको हो । सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या न्यून भइ बिद्यालय एकीकृत गर्ने (मर्ज गर्ने) प्रक्रिया भइराखेको बेला यस सामुदायिक बिद्यालय भने अभिभावक एबम बिद्यार्थी को प्रमुख आकर्षण बनेको छ । अङ्ग्रेजी माध्यममा पढाइ र उच्च बर्ग देखि न्यून बर्गका बिद्यार्थीलाइ समेत गुणस्तरिय शिक्षा यसै बिद्यालयले दिन थालेपछी यस आसपासको एक निजि शैक्षिक संस्था बन्द भइसकेको छ । यस सामुदायिक बिद्यालयका बिधार्थीलाई अङ्ग्रेजी भाषा बोल्ने शैली एबम सिक्ने क्षमतामा अझ परिपक्कता ल्याउन र कम्प्युटर ज्ञानमा पनि बिद्यार्थी लाई दक्ष बनाउन बिदेशी शिक्षकलाइ ल्याइएको बिद्यालयका अङ्ग्रेजी माध्यमका संयोजक एबम बिद्यालय व्यवस्थापन समितिका सदस्य नवीन कुँवरले जानकारी दिनुभयो ।

स्थानिय अबिभावक सङ्ग चन्दा माग्ने,देउसी भैलो खेल्ने, देश बिदेशमा विभिन्न पेशा व्यवसाय गर्ने व्याक्ती सङ्ग सहयोग मागी निजि श्रोतका शिक्षक लाई तलवको व्यवस्था गर्ने गरिएको छ । यस बिधालयमा आएका बिदेशी शिक्षकलाइ भने ट्रस्ट प्रोजेक्ट ले नै तलव र उपचारको व्यवस्था गर्ने डा. शान्ताराज शर्माले बताउनु भयो । उहाले सामान्य खाना र बस्नको व्यवस्था मात्र बिद्यालयले गरिदिए पुग्ने बताउनु भएको छ ।

आफ्नो बिद्यालयमा अङ्ग्रेजी एबम कम्प्युटर अध्यापन गराउन आएका बिदेशी क्षिक्षकले पनि बिद्यालय,उत्सुक बिद्यार्थी एबम त्यहाको वातावरण देखेर आफू अत्यन्तै खुसी भएको बताएका छन । बिद्यालयका प्रधानाध्यापक टीका बहादुर भुजेलले आफुले बिदेशी शिक्षकलाइ स्वागत गर्न पाउँदा अत्यन्तै खुसी व्यक्त गर्नु भएको थियो । उहाले आफ्नो बिद्यालय परिवारमा दुई सदस्य थपिएको र हाम्रो व्यावहार पनि पारिवारिक नै हुने बताउनु भएको छ । यता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल खरेलले अब बिद्यार्थीको सिकाइमा थप गुणस्तर थपिने बिश्वास व्यक्त गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित