गुल्मी । बर्षाका कारण भत्किएको सडक मर्मत गर्न गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र केसी आफै जुटेका छन् ।
शुक्रबार राति परेको वर्षाका कारण ग्रामीण क्षेत्रका अधिकाशं सडक अवरुद्ध बनेका छन् । वर्षादका कारण वडा नं २ को खस्थोक अमराई देखि वडा कार्यालय देउराली जोड्ने सडक १ दिन अवरुद्ध बनेको थियो ।
उक्त क्षेत्रका नागरिकहरु वडा कार्यालय आउने प्रमुख सडक नै बन्द भएपछि केसीले लेन्थ वर्करसगं मिलेर पहिरो हटाएका हुन् । पहिरो हटाएसगैं मोटरबाटो सञ्चालनमा आएको छ । वडाध्यक्ष केसी सहित वडा सदस्य देव बहादुर रायमाझी र लेन्थवर्करको श्रमदानमा पहिरो हटाईएको हो ।
वडा कार्यालय आउने सडक नै अवरुद्ध भएपछि नागरिकहरुलाई सास्ती भोग्नुपरेको कुरालाई मध्येनजर गरेर आफुले तत्कालै सडक मर्मत गर्ने निणर्य गरि आफुनै सहभागी भई सडक सञ्चालनमा ल्याएको वडाध्यक्ष केसीले बताए ।
वर्खायाम सुरु भएसगैं पहिरोको जोखिम समेत बढेकाले नागरिकहरुलाई सचेत रहन समेत उनले आग्रह गरे ।