सागर भण्डारी,मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिकामा नगरस्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
नगर शिक्षा समितिको आयोजनामा भएको प्रतियोगीताका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सारले प्रथम स्थान हासिल गर्न सफल भएको छ । उसले १६ स्वणर् पदक जितेको थियो ।
त्यस्तै १२ स्वणर् पदक सहित त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट न.पा. ६ कुर्घाले द्धितिय स्थान हासिल गरेको छ । भने ५ स्वणर् पदक जित्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ५ ईन्द्रगौँडा तृतीय भएको छ ।
प्रतियोगीतामा एथलेटिक्स,तेक्वान्दो, भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा लगायतका खेल समावेश गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।
स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको नगर प्रमुख जीवन खरेलले बताउनुभयो । यही असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नगरपालिकामा रहेका १३ वटा मावि विद्यालय सहभागी भएका थिए ।
ग्वादिकाचौर खेल मैदानमा ३ दिनसम्म चलेको प्रतियोगीताको समापन समारोह प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको अध्यक्षता नगरप्रमुख जीवन खरेलको आतिथ्यता एवम् शिक्षा शाखाका चुरा बहादुर छन्तेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा अधिकृत प्रकाश नेपाली, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्मा,त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक जित बहादुर रायमाझी, वडा नं ४ का वडासदस्य लोक बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन योजना शाखाका विष्णु प्रसाद खरेलले गर्नुभएको थियो ।