पुतली रानाले पाउने भईन् उपचार

पुतली रानाले पाउने भईन् उपचार

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । आर्थिक अभावले उपचार नपाएकी मुसिकोटकी पुतली रानाको उपचारका लागि काठमाण्डौ पठाईएको छ । मुसिकोट नगरपालिका वडा नं ३ की रानाको मुसिकोट नगरपालिकाको समन्वय तथा विभिन्न सामाजिक व्यक्तिहरुको सहयोगमा उपचारका लागि काठमाण्डौ लगिएको हो ।

मुसिकोट नगरपालिका ३ की पुतली रानाको खुट्टा कुहिएर किरा खसिरहेको भिडियो सामाजिक संजालमा भाईरल हुनुका साथै नयाँ पत्रिका राष्टिय दैनिक,जिटिभि नेपाल,बडिगाड अनलाईन लगायतका सञ्चार माध्यममा समाचार प्रकाशन प्रशारण गरेका थिए । उनको उपचारको बारेमा स्थानीय र नगरपालिकाले समेत केही गर्न नसकेको भनी आलोचना हुन थालेपनि नगरपालिकाले उनको उद्धार गरि उपचारका लागि पठाएको हो ।

नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीेले नगरपालिकाको विपद व्यवस्थापन कोष मार्फत ऐम्बुलेन्स खर्च २५,००० र नगद २५,००० रुपैयाँ सहयोग गरि उपचारका लागि काठमाण्डौ पठाइएको जानकारी दिनुभयो । उहाँले रानाको उपचारका लागि काठमाण्डौ स्थित किर्तिपुर अस्पतालमा अनुरोध गरेको त्यहाँ निःशुल्क उपचार हुने तथा बिबिएस संस्थाले अन्य औषधी व्यवस्थापन गर्ने बताउनुभयो ।

सहयोग रकम हस्तान्तरण गर्न पुग्नुभएका मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले पुतली रानाको अवस्थाको बारेमा सञ्चार माध्यमले खेलेको भुमिकाको प्रशसां गर्दै अब उनको उपचारको सम्पूणर् जिम्मेवारी नगरपालिकाले लिने बताउनुभयो ।

पुतलीको उपचारको लागि उनको अवस्थाको बारेमा सुरुमा भिडियो सामाग्री बनाएर सामाजिक सञ्जालमा ल्याउने सञ्चारकर्मी दिपक नेपालीले पनि विभिन्न व्यक्तिहरुबाट सहयोग सकंलन गरी नगद रु ८० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । आफुले प्रशारण गरेको भिडियो सामाग्री हेरेर देश विदेशबाट विभिन्न सहयोगी व्यक्तिले गर्नुभएको सहयोग हस्तान्तरण गरेको नेपालीले बताउनुभयो । स्थानीयको साथमा उनलाई उपचारका लागि काठमाण्डौ पठाईएको हो ।

बागलुङको बडिगाड गाउँपालिका वडा २ दनियाँ घर भएकी रानाको श्रीमानको मृत्युपछि छोराछोरीले पनि हेर्न छोडेकाले तीन वर्षदेखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छिन् । उनको खाना पकाउने क्रममा आगोले खुट्टा जलेपछि बिस्तारै घाउ बन्दै गई पछि खुट्टा नै कुहिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित