बडिगाडमा पनि भेटिए ‘नाइरोबी फ्लाइ’का बिरामी

बडिगाडमा पनि भेटिए ‘नाइरोबी फ्लाइ’का बिरामी

Badigad Online
2 Min Read

अनिष पाठक,बागलुङ । पछिल्लो समय नेपालको पुर्वि र पश्चिमी क्षेत्रमा देखिएको नाइरोबी फ्लाइ जातको किरा जिल्लाकाे बडिगाड गाउँपालिकामा पनि देखिएको छ ।

पालिकाका केहि वडामा किराका कारण सङ्क्रमित केहि व्यक्ति भेटिएपछि बडिगामा पनि उक्त जातको किरा रहेकाे पुष्टी पालिकाको स्वास्थ्य शाखाले गरेकाे हो ।

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा साहायक हेम पुनका अनुशार उक्त किरा गर्मि हुने स्थानमा भेटिने हुदाँ बडिगाडका तल्लो वडामा मात्र केहि दिनदेखि नाइरोबी फ्लाइका विरामि भेटिएका हुन ।

तर पालिकामा जटिल बिरामि भने अहिले सम्म नभेटिएको उनले बताए । उक्त किराको संक्रमण भए नजिकैको स्वास्थय संस्थामा सम्पर्क गर्न पनि उनले शुझाव दिए ।

किरा मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरा थिचिदा रस निस्कने र उक्त रसमा भएको पेडेरिन तत्वले छालामा सङ्क्रमण गराउने उनले बताए । तर किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने पनि हेम पुनले जानकारी दिए ।

पेडेरिन एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने बडिगाडका स्वास्थ्य शाखा सहायक पुन बताए । लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने पनि उनले सुनाए ।

कसरी जोगिने ?

उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।

उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ । बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन ।

स्वास्थय शाखा साहायक पुनले भने, ‘किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’ यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने उनले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित