गुल्मी । मुसिकोट नगरपालिका वडा नं २ देउराली देखि तम्घास जोड्ने अवरुद्ध मोटरबाटो खुलाउन वडाध्यक्ष रविन्द्र केसी आफै पुगेका छन् । लगातारको वर्षाका कारण मुसिकोटकोट दरबार नजिकै पहिरो जाँदा २ दिने देखि सडक अवरुद्ध बनेको थियो ।
त्यसक्षेत्रका स्थानीयहरुको आवतजावत गर्ने प्रमुख सडक खण्ड अवरुद्ध भएसगैं केसी डोजर लिएर आफै सडक खुलाउन पुगेका हुन् । “पानी पर्योकी त्यस ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भईहाल्छ वडाध्यक्ष केसीले भने -पटक पटक बाटो अवरुद्ध हुँदा निकै सास्ती हुने गरेको छ ।”
पहिरो गएको ठाउँको दिर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाका ईन्जिनियर र प्राविधिकहरुलाई बोलाएर समाधान खोज्ने प्रयत्न गरेको केसीको भनाई छ । मेसिनरी वाल लगाउन सकेमा थोरै भएपनि पहिरो व्यवस्थापन गर्न सकिने केसीले बताए ।
वडाध्यक्ष केसीका अनुसार मनसुन सुरुभएसगैं लगातारको वर्षाले वडा नं २ अन्तर्गतका अधिकाशं ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध बनेका छन् । भने पहिरोले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।