तिलक मगर, सिसाखानी । बडिगाड गाउँपालिका ३ सिसाखानीमा आगलागी हुदाँ ३ घर जलेर नष्ट भएका छन ।
आईतबार साँझ ५ बजे भएको आगलागीबाट स्थानीय हिरा बहादुर सुनार, मन बहादुर सुनार र राज कुमार सुनारको घर पुणर् जलेर नष्ट भएका छन् ।
तीन घरमा आगलागी हुदाँ करिब ९ लाख बराबरको क्षती भएको वडाध्यक्ष खड्क बहादुर पुनले जानकारी दिनुभयो । घरमा रहेका परिवारका सदस्यहरु मेलमा गएको र घरमा स-साना बालबालिका मात्र भएको बेला एक्कासी विद्युत सर्ट भएर आग्लागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको खर्वाङ प्रहरी चौकिका ईन्चार्ज चिरञ्जीवि अधिकारीले बताउनुभयो ।
स्थानीयले आगो निभाउने प्रयास गर्दागर्दै घरमा रहेको नगद, अन्न, लत्ता कपडा, भाडाकुडा लगायत सम्पुणर् सामानहरु पुणर्रुपमा जलेर नष्ट भएको वडाध्यक्ष पुनको भनाई छ । आगलागीबाट पशु चौपाया भने जोगिएका छन् । पशुचौपाया जोगाउने क्रममा स्थानीय हिरा बहादुर सुनारको टाउकोमा सामान्य चोट लागेकोे लागेको छ ।
पिडित तीनै जना भने एकैघरका सदस्य हुन । जस मध्ये हिरा बहादुरका छोरा मन बहादुर र राज सुनार हुन । अहिले उनिहरु स्थानीय आफन्तको घरमा आश्रय लिएर बसेको र पिडितलाई तत्काल राहतको लागि पालिकासँग पहल थालिएको वडा अध्यक्ष खडक बहादुर पुनले जानकारी दिनुभयो ।
सिसाखानीमा अघिल्लो स्थानीय सरकारले १ सय १७ घरधुरीलाई खरको छाना मुक्त गरेपनि अझै ७० घरधुरी खरको छानोमुनी रहेका छन् । उनिहरुलाई यस वर्ष खरको छाना मुक्त गर्ने योजना गाउँपालिकाको रहेको छ ।