बडिगाड अनलाइन । बागलुङको बडिगाड गाउँपालिका स्थित करुणा चमेरे गुफाबारे केही नयाँ तथ्यहरु फेला परेका छन् । वडा नं ५ मा अवस्थित उक्त गुफाका विषयमा गरिएको एक अनुसन्धानले विभिन्न नयाँ प्रजातिका चमेराहरुको बासस्थान रहेको तथ्य फेला पारेको हो ।
अन्तर्राष्ट्रिय जर्नल “Mammalia” मा भर्खरै प्रकाशित भएको खोज पत्रले ती विभिन्न तथ्य पुष्टी गरेको छ । वडिगाड गाउपालिका-५ खार स्थायी घर भई हाल त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, पोखरामा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थी सन्दिप घिमिरे लगायत उनका सहकर्मी अनुसन्धानकर्ताले उक्त खोज गरेका हुन् ।
सन् २०१९ मा वडिगाड गाउपालिकाको आर्थिक सहयोगमा गरिएको अनुसन्धानबाट गुफामा दुई प्रजातिका फलफुल खाने (Rousettus leschenaultii ,Eo
गुफामा नेपालकै सबैभन्दा बढी संख्यामा फलफुल खाने चमेरा फेला परेको विद्यार्थी अनुसन्धानकर्ता घिमिरेले जानकारी दिए । Eonycteris spelaes प्रजाति को चमेरो विश्वमै सबैभन्दा उच्च स्थानमा र पश्चिमी नेपालमा पहिलो पटक फेला परेको पुष्टी भएको छ । त्यस्तै सेतो चमेरो (Albino) पनि फेला परेको घिमिरेले बताए ।
अनुसन्धानबाट प्राप्त जानकारीका आधारमा गुफाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिलो पहिचान बनाएको उनको भनाई छ । प्रकाशित तथ्यहरुले थप अनुसन्धानकर्ताहरुको ध्यान आकर्षण हुने र खोज पर्यटनको विकास हुने उनले बताए ।
समुद्री सतहदेखि एक हजार पाँच सय ३१ मिटरको उचाइमा चमेरे गुफा रहेको छ । गाउँपालिकाले गुफा क्षेत्रमा जानका लागि गोरेटोबाटो सगैं अन्य पूर्वाधार बनाएपछि अहिले आन्तरिक पर्यटक समेत त्यहाँ गुफा अवलोकनका लागि पुग्ने गरेका छन् । गुफाभित्र विभिन्न प्रजातिका चमेरा रहेकाले गुफाको नाम चमेरे गुफा राखिएको स्थानीयको भनाई छ ।