बागलुङ । मान्छेको जीवन हो । भरोसा कहाँ कस्को लिनु र दिनु । उन्नति प्रगतिको भोकसँगै यात्राको चाकरी गरिरहने मान्छे, परेको व्यहोर्नु, भोग्नु र पार लगाउँदै जानु लिला हो । छेउँका कागजको पन्नाले हावा हम्काउँदै गरेकी जीवन संगिनी सुनिता, जीवनभरको…
मान्छेको जीवन हो । भरोसा कहाँ कस्को लिनु र दिनु । उन्नति प्रगतिको भोकसँगै यात्राको चाकरी गरिरहने मान्छे, परेको व्यहोर्नु, भोग्नु र पार लगाउँदै जानु लिला हो । छेउँका कागजको पन्नाले हावा हम्काउँदै गरेकी जीवन संगिनी सुनिता, जीवनभरको साथ खोज्दैछन् । दुई सन्तान, जस्को उज्ज्वल भविश्यको समय खोज्दै गरेका मीन बहादुर अरबको खाडिबाट धनपैसा ल्याएनन् । दुईवटै किड्नी फेल भएपनि सास लिएर नेपाल फर्के ।
बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ बल्घास घर भएका मीनबहादुर श्रीस, अहिले काठमाण्डौको सामाखुसी चोक स्थित नेपाल अस्पतालमा डाइलेसिस गराइरहेका छन् । कमाएर परिवारको जीवन फेर्छु भनेका मीनबहादुर छेउँमा बडेमानको डाइलेसिस मेसिनको सहारामा जीवन खोज्दै छन् । श्रीमति तातो गर्मी सेलाउन कापीको गत्ता हल्लाउदैँ रेखदेखमा देखिईन । मीनबहादुरका साडु दीपक जी, पारिवारिक जिम्मेवारीको ठूलो मनले काँध थापिरहेका छन् । साडु दाइको औषधि उपचार, अस्पतालमा कुर्नु, र उपचारमा पैसोको जोहो उनको ओझिलो जिम्मेवारी हो ।
स्कुल जीवनमा सँगै खेलेहुर्केका सारथीहरु मीनबहादुरको त्यो दर्दलाई आफ्नै ज्यानमा परेझै गरि आर्थिक, नैतिक र भौतिक सहयोगमा जुटेका छन् । गाउँका छिमेकीदेखि देस प्रदेशमा रहेका साथीभाईले मृर्गाला पीडित मीनबहादुर बचाउ अभियान नै चलाएका छन् । जहाँ जो लागेपनि संकलन भएको पैसा साडुभाई दीपक मार्फत मीनबहादुरको परिवारसम्म पुरयाउँने काम चलिरहेको छ ।
बल्घासका जयराम केसी, अहिले बेल्जियम छन् । केसी, मीनबहादुरसँगै स्कुल पढेका साथी पनि हुन् । बैदेसिक यात्रामा रहेपनि नेपालमा जो कसै आफ्ना वा आफ्नाहरुका नातेदारमा समस्या पर्दा आर्थिक सहायता संकलन गर्दै नेपालमा पठाउँने सामाजिक तथा मानवीय कर्ममा सक्रिय नामले जयराम चिनिन्छन् ।
यस्तै सहयोगी मन भएकै कारण वर्षका प्रत्येक महिना जस्तो उनलाई सहायताको अपिलहरु आइरहन्छन् । सके सबैको साथले् नसके व्यक्तिगत भएपनि कसैले माग गरेको याचना नाई नभन्ने वानीका कारण उनलाई अफ्ठयारोको सारथी मान्ने मनहरुले संझन्छन् । मीनबहादुर त झन सँगैको हुर्के खेलेको साथी । यस्तो अफ्ठेरो परेको सुन्दा साथ उनले देश विदेशमा रहेका आफन्त र साथीभाईलाई सहयोग गर्न अपील गरे । अपिल अनुसार बेल्जियम, जापान, अमेरिका, अस्ट्रेलिया लगायतका स्थानबाट आर्थिक संकलनमा पहलकदमी भइरहेको छ ।
मीन बहादुर बचाउ अभियान अन्तरगत जापानबाट भरत केसी र कमल केसीले १ लाख ७३ हजार ६ सय नेपाली रुपैयाँ पठाएका छने । यूएसमा टिका रायमाझीले ७५ हजार नेपाली रुपैयाँ संकलन गरेर पठाए । युएसमै सुबोध केसीले अभियान सञ्चालन गरिरहेका छन् ।
उता अस्ट्रेलियामा जुना खाँड केसी र सन्तोष केसीले आर्थिक संकलन गरिरहनुभएको छ । यूरोपमा जयराम केसीले विभिन्न सायोगीबाट संकलन भएको ३ लाख ५० हजार २ सय ६४ रुपैयाँ हस्तान्तरण भएको छ ।