आफ्नै छोराको चौरासी हेर्न पाउने ‘भाग्यमानी आमा’

आफ्नै छोराको चौरासी हेर्न पाउने ‘भाग्यमानी आमा’

Badigad Online
2 Min Read

गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ च्युरेक ठाडाबाटकाे जम्दार टाेलमा बुधबार बिहानै देखि चहल पहल छ । भएभरका छाेरा बुहारी नातिनातिना पलाँति-खलाँति जम्मा भएका छन ।

गाउँभरीकाे ध्यान जम्दार्नी आँबैकाे घरतर्फ केन्द्रित छ । घरभरी परिवार जम्मा हुँदा जम्दार्नी आमा खुसीले गदगद छन र कहिले नाति नातिनासँग कुरा गर्छिन । कहिले साना पलाँतिनि खेलाउँछिन ।
एउटा दुर्लभ दिन, एउटी आमा छाेराका चौरासीपुजामा सरिक हुने याे संयाेग सम्भवत अहिले सम्म सुनिएकाे छैन जुन संयाेग जम्दार्नी आँबैकाे घरमा जुटेकाे छ ।

“यस्ताे कर्म सबैकाे कहाँ हुन्छ र आमाले छाेराकाे चौरासी गरेकाे याे संयाेग हजारौं वर्षमा सुन्न पाईन्छ र हामीले याे अवसर देख्न पायौंँ । हामी धन्य छौँ” च्यूरेकका पण्डित पशुपति घिमिरेले भने ।

जम्दार्नी आँबैका जेठा छाेरा धन बहादुर सुवेदी क्षेत्रीकाे चौरासी पुजामा एकसय दस वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छाेराकाे दिर्घ जीवनका लागि आशिर्वाद दिईरहेकाे नजारा देख्न लायक थियाे ।बिक्रम सम्वत १९६९ मा च्यूरेक ठाडाबाटाका वीर बहादुर क्षेत्रीकी जेठि छाेरिकाे रुपमा जन्मेकि इन्द्र कुमारी क्षेत्रीकाे विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएकाे थियाे।

भारतकाे ९ जिआरमा भर्ति भएका जमदार्नी आँबैका बुढा फौजमा जमदारकाे दर्जा पाएपछि बुढा जमदार बा बने र इन्द्र कुमारीकाे नाम जम्दार्नी आँबै बन्याे ।जम्दार्नी आँबैकाे तिनभाई छाेरा बुहारी नाति नातिना पलाँति खलाँति गरि चारदर्जन परिवार छन ।

जेठा छाेरा धन बहादुरसंग बस्दै आएकी जम्दार्नी आंबैकाे रेखदेख जेठि बुहारी तुल्सा सुवेदीले गर्दै आईरहेकी छन तर आमा प्रतिकाे जिम्मेवारी सबै छाेरा बुहारी नाति नातिनाले उत्तिकै लिएका छन ।

छाेराकाे चौरासीमा आँखाबाट खुसिका आँसु झार्दै जम्दार्नी आँबैले छाेरालाई आशिर्वाद दिईन र भाग्यमानि छाेराले एक सय दस वर्षकी आमाबाट शिर निहुर्याएर आशिर्वाद लिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित