तुरतुरे पुग्दा मुटुले थात छोड्छ! देवता सम्झिदै वारपार गर्छन यात्रु।

तुरतुरे पुग्दा मुटुले थात छोड्छ! देवता सम्झिदै वारपार गर्छन यात्रु।

Badigad Online
3 Min Read

दिनेश शर्मा भाद्र २४,

बडिगाड बाग्लुङ जब एकबर्ष अगाडी तुरतुरे मा भीषण पहिरो गयो पचास मिटर भन्दा बढी पिच गरिएको मध्यपहाडी लोकमार्ग बगायो त्यही पहिरो ले करिब एक किलोमिटर भन्दा बढी लम्बाइको तुरतुरे ताल निर्माण हुनपुग्यो। त्यतिबेला आवश्यक साबधानी अपनाउन नसकिदा बुर्तिबाङ मा ब्यवसाय गरि बस्ने अर्घाखाँची कि एक महिला को ज्यान गयो । झन्डै एक महिना मा बाटो खुलाइयो फेरि एकबर्ष पुग्न नपाउदै तुरतुरे ताल को पानी ले अचानक ठुलो बेग सहित आफ्नो बाटो अपनायो प्रभावित हुनसक्ने सम्भाबित जोखिम मा रहेको तलतिरको बस्ती बडिगाड गाउपालिका को क्षेत्र र गुल्मी जिल्ला को केहि भाग मा कुनै क्षती नपुगे पनि झन्डै १०० मिटर पक्की सडक बगाउदा मध्यपहाडी मा पर्ने बुर्तिबाङ बजार लगाएत निशिखोला, ढोरपाटन, तमानखोला लगाएत का पालिका का बासिन्दा हरुले सास्ती भोग्नुपर्यो भने आवत जावत र सामाग्री ओसारपसार को सिधा सम्पर्क टुट्यो ।

त्यो समयमा पनि हतार हतार पन्ध्र दिन मा बाटो खुलाइयो बाटो बन्द रहेको समयमा जोखिम मोलेरै यात्रुहरुले पहरा मा लहरा समातेर जोखिम पुर्ण यात्रा गरे पनि कुनै अप्रिय घटना भने भएन । पछिल्लो समय अहिले केहिदिन अगाडी माथि को भिरबाट मध्यपहाडी मै पहिरो खसेर केहिघन्टा मध्य्पहाडी अबरुद्द भयो त्यो पनि जेनतेन गाडी एकोहोरो छिर्ने गरि बाटो खुलाइयो ।यसरी पटक पटक खसेको पहिरो लाइ तत्काल गाडी कसरी छिटो खुलाउने भनी गरिएको अस्थायी र कामचलाउ को रुपमा बाटो खुलाउने परिपाटीले गर्दा तुरतुरे मा जोखिम भने बढ्दै गएको देखिन्छ अहिले तुरतुरे क्षेत्रमा आधाकिलोमिटर जति बाटो निकै अप्ठ्यारो र हिलाम्मे त छदै छ माथितिर तयारी अवस्था मा पहिरो क्षेत्र वरपर निकै ठुलो आकार र सङ्ख्या मा रहेका ढुङ्गाहरु जुनसुकै समयमा पल्टिएर मानबिय वा भौतिक क्षती हुनसक्ने सम्भावना उच्च छ |

अर्कोतिर पहिरो ले गर्दा सडक को अधिकाम्स भाग पुरिएको छ र कच्ची माटो फालिएको भाग मा जबर्जस्त मालबाहक गाडी र यात्रुबाहक सवारी साधन हिडाउदा कुनै पनि बेला दुर्घटना निम्तिन सक्ने अवस्था रहेको छ।सो क्षेत्र मा एउटा गाडी पार नहुदा अर्को गाडी पर्खिएर बस्नुपर्ने र जोखिम मोलेर सवारिसाधन वारपार गराउनुपर्दा निकै सास्ती भएको चालक ले बताउछन भने यात्रुहरुले पहिरो क्षेत्र पार नहुदा सम्म निकै सास्ती र तनाब बेहोर्नु परेको बताउदै छिटो भन्दा छिटो तुरतुरे पहिरो को दीर्घकालीन समाधान को पहल गर्ने कुरामा सरोकारवाला निकाय को ध्यान जानुपर्ने बताएका छन।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित