दुर्घटनाले गुल्मीका २८ वर्षिय पाल्पालीलाई चुँड्यो, शर्मिलाको सिउँदो पुछियो

दुर्घटनाले गुल्मीका २८ वर्षिय पाल्पालीलाई चुँड्यो, शर्मिलाको सिउँदो पुछियो

Badigad Online
3 Min Read

प्रेम सुनार, गुल्मी । साउनको पहिलो सोमबार । अधिकांश नेपाली महिलाहरुलाई झैं त्यस घर, टोल छिमेकका महिलाहरुलाई लगाएत गाउँका अन्य महिलाहरुमा साउनको पहिलो सोमबारले विहानैदेखि छोएको थियो । तीन वर्षपछि विदेशबाट घर आएका श्रीमान फेरी विदेश उड्ने तयारीमा थिए शर्मिला पाल्पालीका श्रीमान लेखबहादुर पाल्पाली ।

त्यही क्रममा वलिथुमस्थित बहिनीलाई भेटेर आउँछु भन्दै श्रीमान घरबाट हिंडे तर, के मन सोँचेर र बीचबाटो बाटै फर्केर घर आए । उनले मोटरसाइकल खासै चलाउन जान्दैन्थे । त्यसैले पनि घर वरपर मोटरसाइकल चलाउँदै थिए । त्यही क्रममा मोटरसाइकल चिप्लो र ओरालोबाटोमा अनियन्त्रित भएर गुड्यो , केहि तल गएर एक घरमा ठोक्कियो । दुर्भाग्यः क्षणभरमै ती युवकको सारा सपना चुडिँयो ।

यो आज बिहान करिब साढे ११ बजेतिर गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्ग गाउँको घटना हो । त्यस गाउँका २८ वर्षिय लेखबहादुर पाल्पालीले त्यसरी अकल्पनिय रुपमा क्षणभरमै मोटरसाइकल दुर्घटनामा परि उनको र उनका सारा परिवारजनको सपना चुँडाएका हुन् ।

त्यस वडाका वडासदस्य भेषबहादुर फुन्जेली भन्छन्–‘ उनि यहि साउन ११ गते सउदी अरब उड्नका लागि काठमाण्डौ पुगेर दुईचार दिन अघि मात्र घर आएका थिए । त्यही क्रममा आज बिहान वलिथुममा रहेकी बहिनीसंग भेटघाट गरेर आउँछु भनेर घरबाट हिडेका रहेछन् । तर खै मन सोंचेर आधा बाटोमा पुगेका मान्छे फर्किएर घर आएका रहेछन् ।

घरदेखि करिब ५० मिटरको दूरीमा मोटरसाईकल चलाउँने क्रममा बर्षायाको चिप्लो र ओरालो बाटोमा नियन्त्रणमा राख्न खोज्दा खोज्दै मोटरसाईकल एउटा पलास्टर गरेको घरमा गएर ठोक्कीन पुग्यो र उनको दुःखद निधन हुन पुगेको हो । ’

उनका छिमेकी ६० बर्षीय यमबहादुर बलाल भन्छन्–‘ उनि तीन वर्षपछि चैत बैशाख तिर सउदी अरबबाट घर आएका थिए । आमाको मृत्युमा काज किरिया, वर्ष दिनको काम सकेर यहि साउन ११ गते सउदी मै उड्नका लागि टिकट हातमा ल्याएर बसेको बेला त्यस्तो दुखत घटना घट्न पुग्यो । ’

उनका अनुसार विदेश जानु पूर्व लेकबहादुर नेपालगञ्जमा होटल लाइनमा काम गरेर बस्थे । त्यही क्रममा उनले सुर्खेत तर्फकी युवतीसंग करिब ३ बर्ष अघि प्रेम विवाह गरेका थिए । अहिले उनै श्रीमती घरमा छन् , सन्तान जन्मिएका छैनन् । लेकबहादुरलाई गाउँमा अजय पाल्पालीका उपनामले पनि चिन्थे र उनको फेशबुक आइडीको नाम पनि त्यही छ ।

गाउँको निकै होनहार युवा पाल्पालीलाई गुमाउनु पर्दा जुभुङ्गवासी शोकाकुल बनेको त्यहाँ स्थित ‘हाम्रो जुभुङ्ग राम्रो जुभुङ्ग’ नामक सामाजिक सञ्जाल सञ्चालक मिशन सारु बताउँछन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी माधवराज खरेलका अनुसार जुभुङ्गको हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्वरको मोटरसाईकल अनियन्त्रित भइ ठोक्किन जाँदा पाल्पालीको घटना स्थल मै मृत्यु भएको थियो ।

वडासदस्य फुन्जालीकाअनुसार पाल्पालीको शव सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा लिएर आए पनि आज पोष्टमार्टम हुन नसक्ने भने पछि भोलि आउने गरि जुभुङ्गबासी घर फर्किएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित