१६ बर्षीया स्वीकृतीले गणितमा बनाईन नेपालको लागि अन्तर्राष्ट्रिय नयाँ रेकर्ड

१६ बर्षीया स्वीकृतीले गणितमा बनाईन नेपालको लागि अन्तर्राष्ट्रिय नयाँ रेकर्ड

Badigad Online
1 Min Read

अर्घाखाँची : नर्वेको ओस्लोमा जारी अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै अर्घाखाँचीकी स्वीकृति आचार्यले नेपालको नयाँ रेकर्ड बनाएकी छ्न ।

अर्घाखाँची मालारानी गाउँपालिका-३, खनदह साबडॅाडा घर भई हाल काठमाडौं निवासी श्याम आचार्यकी १६ बर्षिया छोरी स्वीकृती आचार्यले नेपालको नयाँ रेकर्ड बनाएकी छन् ।

उनले नर्वेको ओस्लोमा अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २॰२२ मा १०४ देशहरूका विद्यार्थीहरू सहभागि भएको प्रतिष्पर्धामा नेपाल गणित संघको आयोजनामा देश भरका ५००० विद्यार्थीहरूबाट छनोट भएका ६ जना मध्ये स्वीकृती आचार्यले सर्वोत्कृष्ट अंक प्राप्त गरी नेपालको लागि नयाँ रेकर्ड बनाएकी छन् ।

नेपालबाट प्रतियोगितामा भाग लिने को-को ?

नेपालबाट ६३ औँ अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिएका विद्यार्थी दर्शन केसी, स्वीकृति आचार्य, रौनकरञ्जन मिश्र, कपिल शर्मा, विवेक यादव, प्रागेश पौडेल रहेका छन् ।

प्रतियोगिताको सबल पक्ष

यस प्रतियोगितामा आफ्नो देशलाई प्रतिनिधित्व गर्दै सहभागी हुने विद्यार्थीलाई स्नातक अध्ययन गर्नका लागि स्वदेश तथा विदेशका विश्वविद्यालयमा अध्ययनका लागि छनोट हुन सजिलो हुन्छ ।

त्यसैगरी, धेरैजसो विद्यार्थीले पूर्णछात्रवृत्तिमा विश्वकै उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययन गर्ने अवसरसमेत प्राप्त गर्ने गरेको नेपाल गणित संघका अध्यक्ष बास्तोलाले जनाएका छन् ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित