स्वास्थ्यचौकीमा भेटिएनन् स्वास्थ्यकर्मी, फर्किँदा कार्तिकाले बाटोमै जन्माइन् बच्चा

स्वास्थ्यचौकीमा भेटिएनन् स्वास्थ्यकर्मी, फर्किँदा कार्तिकाले बाटोमै जन्माइन् बच्चा

Badigad Online
1 Min Read

कैलाली : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी एक आमाले बाटोमै शिशुलाई जन्म दिएकी छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका- २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षीया कार्तिका विकले बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।

सुत्केरी व्यथा लाग्नेबित्तिकै आफन्तले गाउँबाट एक घण्टा दूरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए । घरमा ल्याउँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरालाई जन्म दिएको स्थानीय बलबहादुर विकले बताए । कार्तिका विकको यो तेस्रो बच्चा हो ।

‘स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी होलान् भनेर लग्यौँ, त्यहाँ कोही पनि नभएपछि फिर्ता ल्याउँदै गर्दा बाटोमै छोरा जन्मिएको हो’ बल बहादुर विकले भने ।

वडा अध्यक्ष अजयबहादुर विकले माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको प्रष्ट पारे । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि स्वास्थ्य चौकी कर्मचारीविहीन भएको अजयले बताए ।

स्वास्थ्यचौकीमा कार्यरत अनमी, अहेव कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन् । आवश्यकता आधारमा मात्र करार थप गर्ने वा विज्ञापनमार्फत भर्ना गर्ने बताएको भए पनि गाउँपालिकाले अहिलेसम्म कुनै निर्णय लिएको छैन । अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । फरकधार

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित