भारतले पायो पहिलो आदिवासी महिला राष्ट्रपति

भारतले पायो पहिलो आदिवासी महिला राष्ट्रपति

Badigad Online
1 Min Read

नयाँ दिल्ली : द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपति बनेकी हुन् ।

कूल दस लाख ८६ हजार ४३१ मध्ये द्रौपदीले ५ लाख ७७ हजार ७७७ मत पाएकी छन् । राष्ट्रपति निर्वाचित हुन ५ लाख ४३ हजार २१६ मत आवश्यक हुन्छ। द्रौपदीले निर्वाचनको मतगणना नसकिँदै विजय सुनिश्चित गरेकी हुन् ।

मर्मु भारतको राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुन् । ओडिशाका स्थायी बासिन्दा मर्मु यसअघि झारखण्डको राज्यपाल बनिसकेकी छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मर्मुले २५ जुलाईमा सपथग्रहण गर्नेछिन् ।

मर्मुको जितपछि पराजित बनेका यशवन्त सिन्हाले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत् बधाई दिँदै उनले निर्भिकरुपमा काम गर्न आग्रह गरेका छन् । यशवन्तले २ लाख ६१ हजार ६२ मत पाएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित