पर्सा : पर्सा जिल्लाको ठोरी गाँउपालिका-२ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई ल्याएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बिहीबार एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीबाट उद्धार कार्यको लागि तत्कालै टोलीले खटिएको थियो ।
सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ वर्षीय पुरुष व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य चौकी ठोरीमा बुझाएको सशस्त्रले जनाएको छ ।
Badigad Online