अन्तर्जातीय विवाहको सकस, परिवारले नस्वीकारेपछि भाडा लिएर बस्दै

अन्तर्जातीय विवाहको सकस, परिवारले नस्वीकारेपछि भाडा लिएर बस्दै

Badigad Online
1 Min Read

काठमाण्डौ । भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केवल दुई आत्माको नि:स्वार्थ मिलन । यस्तै एक साँचो र उदाहरणीय जोडी हुन्- धादिङका कथित ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपरसीकी नितु परियार ।

उनीहरू केहि वर्ष अगाडिदेखि प्रेममा थिए तर समाजमा वर्षौंदेखि चलिआएको छुवाछुत कुप्रथाको अगाडि उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार्न सकेनन् या चाहेर पनि आँट गर्न सकेनन् ।

यो प्रेमिल जोडीलाई समाज र कुप्रथा भन्दा पनि आफ्नो चोखो प्रेम महत्वपूर्ण लाग्यो । फलस्वरुप चार महिना अगाडी सँगै जीवन बिताउने वाचा सहित विवाह गरेर उनीहरू आफ्नो घरभन्दा केही पर पोखरामा बस्दै आइरहेका छन् ।

अन्तरजातीय सम्बन्धले सहनशीलता र सह-अस्तित्वकाे भावना बढाँउछ भन्ने चेत हाम्रो समाजले छिट्टै पाओस्, शुभकामना! आफ्नो प्रेमको लागि जातको पर्खाल नाघ्न सक्ने यो जोडिको दाम्पत्य जीवन सफल रहोस्, शुभकामना ।

जातको पर्खाललाई सधैंकाे लागि भत्काउन सकियोस्, हामी सबैलाई शुभकामना ! तस्वीर: पारश भट्टराई/नेपाल क्रोनिकल्स

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित