शसर्त अनुदान घटेको भन्दै बडिगाडमा केहि करार कर्मचारी हटाइए

शसर्त अनुदान घटेको भन्दै बडिगाडमा केहि करार कर्मचारी हटाइए

Badigad Online
2 Min Read

कमल पौडेल,बडिगाड । बडिगाड गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङ, आधारभूत स्वास्थ्य सेवा केन्द्र खाल र आधारभूत स्वास्थ्य सेवा केन्द्र दर्लिङमा कार्यरत करार सेवाका सवै कर्मचारीको श्रावण १ गते देखि लागु हुने गरि सेवा नथप्ने भएको छ ।

बडिगाड गाउँकार्यपालिकाको श्रावण ३ गते भएको बैठकले सो निर्णय गरेको हो । कार्यपालिकाको बैठकले गाउँपालिका अन्तरगत भूमि आयोगका लगत प्रविष्टकर्ता, वडा नं. १, ४ र ८ का कार्यालय सहयोगी, आधारभूत अस्पताल ग्वालीचौरका स्टाफनर्स, तथा २०७९ बैसाख १ गते देखि करार सेवामा कार्यरत पालिका भित्रका सवै ल्यावका कर्मचारीहरुको करार थप नगर्ने निर्णय गरेको छ ।

५ महिना अघि सवै वडामा ल्याव सेवा संचालन गर्ने भन्दै गाउँपालिकाले करारमा ६ जना ल्याव टेक्निसीयन भर्ना गरेको थियो । शसर्त अनुदान तर्फ निकासा हुने आधारभुत स्वास्थ्य केन्द्र र सामुदायीक स्वास्थ्य इकाइ व्यवस्थापन गर्ने गरि आउने रकम कम आएपछि कर्मचारी हटाउनुपरेको कार्यालयले जनाएको छ ।

त्यस्तै पालिका भित्र अत्यावश्यक भएका इन्जिनियर, रोजगार संयोजक, रोजगार सहायक, कृषि तथा पशु प्राविधिक सेवाको लागि भने जनशक्ति आह्वान गरेको छ । त्यस्तै वडा नं. ८ मा रहेको देविस्थान प्रावि समायोजन हुने भएको छ । कार्यपालिकाको बैठकले सो विद्यालयमा विद्यार्थी संख्या शुन्य रहेकोले नजिकैको विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो ।

बैठकले चालु वर्षको बजेट कार्यान्वयनलाई तदारुपताका अगाडि बढाउने निर्णय गर्दै कार्यतालिका समेत तय गरेको छ । जस अन्तरगत भाद्र १५ गते सम्म उपभोक्ता समिति गठन गर्ने, असोज १५ सम्म सम्झौता गरिसक्ने र असोज १६ र १७ गते सवै वडामा उपभोक्ता समितिलाई अभिमुखिकरण गर्ने जनाइएको छ । बैठकले बडिगाड गाउँपालिकाको स्थानिय पाठ्यक्रम स्वीकृत गरेको छ । बडिगाड गाउँपालिकामा यसै वर्ष देखि स्थानिय पाठ्यक्रम कार्यान्वयन हुनेछ ।

त्यस्तै फोहरमैला व्यवस्थापनको लागि प्रारम्भिक वातावरण प्रभाव मुल्यांकन सेवा खरिद गर्ने निर्णय गरेको छ । बडिगाड गाउँपालिकालाई सडक मानव मुक्त गराउन र सडक मानव व्यवस्थित गर्न मानव सेवा आश्रम बागलुङमा समन्वय गर्ने तथा सो आश्रमको लागि गाउँपालिकाको तर्फवाट १ कोठा भवन निर्माणको लागि १२ लाख आर्थिक सहयोग गर्ने समेत निर्णय गरेको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित