माग्दै हिँडेका सचिनले निशुल्क पढ्न पाउने : फेरी विद्यालयमा लगियो

माग्दै हिँडेका सचिनले निशुल्क पढ्न पाउने : फेरी विद्यालयमा लगियो

Badigad Online
2 Min Read

गुल्मी । एक समय सचिन परियार बाल कलाकारको रुपमा चर्चामा आए । तिक्ष्ण प्रतिभा नभएपनि उनले बोल्ने शव्दहरु र केही दोहोरीका कारण उनी चर्चामा आए । लगत्तै उनले केही गीत समेत गाउने अवसर पाए । त्यस्तै केही टेलिश्रृङ्खलामा पनि अभिनय गरे ।

उनको पारिवारिक अवस्था तथा विभिन्न समयमा उनले पढ्न ईच्छा व्यक्त गरेपछि ईन्द्रेणी समुहले काठमाण्डौको एक नीजि बोर्डिङमा निशुल्क पठनपाठनको व्यवस्था मिलायो । तर केही समय लगातार सचिन विद्यालय गएपनि पछि विस्तारै विद्यालय जान छाडे ।

केही व्यक्तिहरुका लागि कमाई खाने भाडो बनेको उनलाई त्यसपश्चात हेरचाह गर्ने र उनको बारेमा खोज्ने फुर्सद भएन् । बाबु तेजेन्द्र परियारले नै विद्यालय नपठाउने गरेको र पुन : पहिलेकै अवस्थामा उनी फर्किएपछि पुन : केही युटुबरहरुले उनको उद्धार गरेका छन् । केही समय अगाडी फेसबुकमा उनले पैसा माग्दै हिँडेको भिडियो भाईरल बनेपछि उनको खोजी भएको हो ।

त्यसभन्दा अगाडी उनको विषयमा खोज्ने र बोल्ने कोही थिएनन् । अहिले सचिन परियारलाई उनकी आमाले रेखदेख र पालनपोषण गर्ने गरी जिम्मा लगाईएको छ भने उनको काठमाण्डौकै एक विद्यालयमा पठन पाठन गर्ने गरी व्यवस्था मिलाईएको छ । उनले अब काठमाण्डौको भद्रकाले शिक्षा सदनमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्न पाउनेछन् ।

बानेश्वर २ देविनगर स्थित विद्यालयले उनलाई निःशुल्क शिक्षा सगैं गास बासको व्यवस्था समेत गर्ने भएको छ । सचिनलाई पत्रकार मोहन बस्नेतले खोजी गरि उनको अवस्थाको बारेमा भिडियो सामाग्री प्रशारण गरेका थिए । उनै पत्रकार बस्नेत तथा,भोजराज थापा,जीवन पाण्डे र सुमन पन्थी लगायतको पहलमा उनलाई पुनः विद्यालयमा भर्ना गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित