शिव शर्मा, बाग्लुङ २९ भाद्र,
कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङले आइतबार बाल दिवसको अवसरमा बानपा ४ बागलुङमा रहेको श्री देउराली प्राथमिक बिधालयमा अध्ययनरत विद्यार्थी हरुलाइ शैक्षिक सामाग्रीहरु बितरण गरेको छ । आजका साना बालबालिका अर्थात विद्यार्थीहरु भोलिका देश निर्माणका सच्चा पहरेदार हुन उनिहरुलाइ राम्रो शिक्षा प्राप्त भएमा, अर्थात पढनु पर्छ केही सिक्नु पर्छ भन्ने भावना जागेमा मात्र देशले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न सकिने भएकाले बालबालिकामा त्यो खालको उत्साह र प्रेरणा मिलोस भन्ने उदेश्यले बाल दिबसको दिन अनेरास्ववियुले देउराली प्राथमिक बिधालयमा अध्यन गर्ने विद्यार्थीहरुलाइ कापी र कलम बितरण गरेको अनेरास्ववियु बागलुङका सचिब शिव शर्माले बताउनु भयो ।
उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रममा अनेरास्ववियु बागलुङका अध्यक्ष शेखर खड्का , अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य जीवन शर्मा , अनेरास्ववियु बागलुङका सचिब शिव शर्मा , अनेरास्ववियु धवलागिरी क्याम्पसका विद्यार्थी नेता रोशन कुवर , अनिल शर्मा , प्रकाश कार्की लगायतका विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।