रुखले बस र स्कुटी किच्दा तीनको मृत्यु, १२ जना घाइते

रुखले बस र स्कुटी किच्दा तीनको मृत्यु, १२ जना घाइते

Badigad Online
1 Min Read

काठमाडौँ । भक्तपुर नगरपालिका-१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाले ज्यान गुमाएका छन् । यो दुर्घटनामा अन्य दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर च्याप्दा तीन जनाको मृत्यु भएको हो । अन्य १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिइन् । मृत्यु भएका तीनमध्ये एकजनाको सनाखत भएको छ। दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन् । मृतकमध्ये नितेश खर्वुजाको सनाखत भएको हो ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाइरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताएकी छन् । यसैबीच घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुरका प्रजिअ शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित