बुर्तिबाङबाट बुटबलकालागि छुटेको बस दुर्घटना : ६ जनाको मृत्यु !

बुर्तिबाङबाट बुटबलकालागि छुटेको बस दुर्घटना : ६ जनाको मृत्यु !

Badigad Online
1 Min Read

बुटवल : पाल्लामा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । घटनास्थलबाट १७ जनाको उद्धार गरिएको छ ।

दुर्घटनामा ३ पुरुष र ३ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । घाइते १७ जनालाई तानसेनस्थित मिसन अस्पतालमा पठाएको उनले बताए ।

बागलुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो । बस सडकबाट ४ सय मिटर तल खसेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित