बाग्लुङ : पाल्पाको लघुवामा आइतबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएका ६ पहिचान खुलेको छ ।
बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट-८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट-४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा-२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनामा चालक सहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खड्क बहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।