जापान । गुल्मेली समाज जापानले कान्तो समिति गठन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जापानमा रहेका गुल्मेलीहरुको साझा संस्थाको रुपमा स्थापित समाजले टोकियोको सोलमारी मुरामा हलमा एक कार्यक्रम आयोजना गरी कान्तो समिति गठन गरेको हो ।
नवगठित समितिको सयोंजकमा कृष्ण प्रसाद भण्डारी रहनुभएको छ त्यस्तै उप संयोजकमा बाबुराम भुषाल,शिव प्रसाद खरेल,तारा कार्की,शिव केसी,गोपाल काफ्ले,सुभाष भण्डारी र श्रृजना केसी चयन हुनुभएको छ ।
समितिको सचिवमा लक्ष्मण सापकोटा,नारायण प्रोख्रेल,प्रकाश भण्डारी त्यस्तै कोषाध्यक्षमा गोकुल अर्याल र विष्णु प्रसाद खरेल रहनुभएको छ । सदस्यहरुमा लेखा कुवँर,सावित्रा गौतम,रेशम खरेल,गीता गौतम,प्रेम कार्की,अर्जुन रायमाझी, दिपक कार्की,सविन घिमिरे र किसान खराल चयन हुनुभएको छ ।
कार्यक्रममा नेपाली राजदुतावासका प्रथम सचिव जित बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । भने नेपाली राजदुतावास टोकियोका तृतिय सचिव ज्ञानहरी ज्ञवाली, निवर्तमान अध्यक्ष शालिकराम भण्डारी, पुर्व अध्यक्ष यमलाल ‘ढकाल राजु’ एनआरएनए जापानका पुर्व अध्यक्ष एवम गुल्मीका अग्रज व्यक्तित्व रोशन के सी, नेपाल वायुसेवा निगमका टोकियो प्रवन्धक सरोज पन्थी लगायतको विशेष आथित्यता रहेको थियो । अतिथिलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।