प्रेम सुनार, गुल्मी। ‘मेरो भाई खोई..। यहाँ त देख्दिन त …! खोई मेरो भाई–प्रवशे कता छ ? यसरी सोध्दै–खोज्दै रुँदै गरिरहेकी थिइन् गएराति अवेरसम्म जिल्ला अस्पताल पाल्पामा एक युवती । आफू सामु कसरी देखुन् उनले भाई प्रवेशलाई ? जबकी, जुन् बसको कोखैको सिटमा रहेको उनका भाइलाई नियतीले चुडिसकेको थियो र उनी प्लाष्टिकको पोका भित्र निर्जिव माटो ढुङ्गा जस्तै बनिसकेका थिए । जुन कुरा कसैले सुनाएनन् उनलाई । यसर्थ पनि राति अवेरसम्म उनी भाई कै खोजीमा थिइन्।
त्यसरी भाईको खोजीमा छट्पटाई रहेकी युवती थिइन् , गुल्मीको चन्द्रकोट गाउँपालिका–८ झुर्मगाउँकी २१ वर्षीया प्रियाङका काफ्ले । जसका १५ वर्षिय भाई प्रवेश काफ्लेलाई हिजो बाग्लुङ्गको वुर्तिबाङ्गबाट आएको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा उनको कोखैको सिटबाट सदाका लागि खोसेको थियो ।
मजुवाबाट हाँसी–खुशी बुटवल जानका लागि त्यस बसमा चढेका ती दिदी भाई मध्ये प्रवेश उनका एक मात्र भाई , अनि बाबु जयलाल काफ्ले र आमा मिना काफ्लेका एक मात्र छोरा थिए । मृतक प्रवेशका काका बाबुराम काफ्ले भन्छन् –‘ तीन छोरीहरु पछि प्रवेश त्यस घरको एक मात्र छोरा थिए । ‘हामी अहिले पाल्पा अस्पतालमा छौं, शवको पोष्टमार्टम गरिदँैछ । दिदीको अवस्था सामान्य छ । तर, उनका भाई प्रवेशको शव बुझ्दैछौं’– काका काफ्लेले भने ।’
तुराङ्गका बासिन्दा भिम रानाका अनुसार उनिहरु झुर्मगाउँबाट मजुवासम्म जिप चढेर आई हिजो दिउँसो एकबजेतिर उक्त बसमा बुटवल जानका लागि चढेका थिए । काफ्ले दम्पत्तीका एक छोरा तीन छोरीहरु मध्ये गत बैशाख महिनामा १४ दिनको अन्तरमा दुई छोरी दिपा र पूजाको विवाह भएको थियो । कन्छि छोरी प्रियंका अविवाहित हुन् र बटवलमा पढ्दैछन् । भाई प्रवेशले सुरुमा तल्लाफाँट स्थित शंकर माविमा पढ्दथे । पछि मजुवाको ज्ञानोदय माविमा भर्ना भई कक्षा ९ का विद्यार्थी थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी जनकबहादुर शाहीका अनुसार मृत्यु हुनेहरुमा गुल्मीका १५ वर्षिय उनै प्रवेशका अलवा कपिलवस्तु १५ वर्षिय प्रवेशका अलवा वाढणगंगा नगरपालिका –२ का ४५ बर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै , रुपन्देहीको देवदह नगरपालिका–७ की ८७ वर्षीया दिलसरा कामी, नवलपरी ( पश्चिम ) बर्दघाट नगरपालिका–५ की २४ बर्षीया पुर्णिमा बिक , बाग्लुङ्गको बडिगाड गाउँपालिका १० की ५५ बर्षीया यमकली थापा र मुसिकोट नगरपालिका–७ का ५५ बर्षीय लालबहादुर राना ( कुमाल ) र रहेका छन् ।
तुराङ्गकै झुर्म गाउँका चन्द्रबहादुर बिक , सोही गाउँको बालकल्याण आधारभुत विद्यालयका शिक्षक सञ्जयकुमार ठाकुर चढेका थिए । शिक्षक ठाकुर आफु त्यस विद्यालयबाट सरुवा पत्र लिई रौतहटको बृन्दावन नगरपालिका–७ स्थित घरमा जान लागेको र शरिरका विभिन्न भागमा चोट लागेको बताए । बिक र ठाकुरको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ ।
मजुवाबाटै तुराङ्गकी २१ बर्षीया रचना सुवेदी र उनकी ६वर्षीया छोरी रिया सुवेदी त्यस बसमा चढेका थिए । उनिहरुको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।
बाग्लुङ्गको ढोरपाटन नगरपालिका–१० दर्लिङ्ग गाउँकी ..५५ बर्षीया यमकली थापा र म्याग्दीको रुमा गाउँपालिका –२ की २८ बर्षीया उनकी छोरी सुमित्रा रोका , ४ बर्षीय नाती बिश्वास रोका सगै बसमा बुटवल तिर जाँदै गरेको त्यस वडाका वडाध्यक्ष बीरेन्द्र बुढा मगरले बताए । आमाको मृत्यु भएको, छोरी सुमित्रा र नाती बिश्वास घाईते भएको उनले जानकारी दिए । घाईते मध्ये आमा सुमित्राको अवस्था गम्भीर रहेको बताईएको छ।
वडाध्यक्ष बुढामगरका अनुसार दर्लिङ्ग नियालेकी १८ बर्षीया सिजन थापा त्यस वडाबाट केहि दिन अघि मात्र नागरिकता बनाएर बुटवल जाँदै गरेको र त्यस दुर्घटनामा परि घाईते भई पाल्पाको अस्पतालमा उपचार गराइरहेकी छन् ।
अन्य घाईते हुनेहरुमा बुटवल नगरपालिका–११ का ५७ वर्षिय गोविन्द थापा , कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का पिताम्वर केसी, गुल्मीको सत्यवती ५ र ६ खैरेनीका क्रमशः छविलाल ढकाल , पुजन ढकाल , नवलरपरासी पश्चिम वर्दघाट ५ का ५६ बर्षीय अम्मरे कामी, ढोरपाटन नगरपालिका–१ वुर्तिबाङ्गका ३० बर्षीय टेकलाल रसाईली र रुपन्देहीको देवदह नगरपालिका–७ का ६१ वर्षीय खड्कबहादुर बिक रहेका छन् ।
घाईते १६ जना मध्ये ८ जना रिफर भएको , ८ जना उपचार्थ रहेको मध्ये देवदहका बिक र म्याग्दीकी सुमित्रा रोकाको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए ।