संविधान प्रती आम जनता सचेत नभए अराजकता बढ्छ – अध्यक्ष मेहरसिङ पाइजा ।

संविधान प्रती आम जनता सचेत नभए अराजकता बढ्छ – अध्यक्ष मेहरसिङ पाइजा ।

Badigad Online
2 Min Read

संविधान प्रती आम जनता सचेत नभए अराजकता बढ्छ – अध्यक्ष मेहरसिङ पाइजा ।
दिनेश शर्मा बडिगाड बाग्लुङ असोज ३
बडिगाड गाउपालिका वडा न ७ भिमगिठे वडा पालिकाले आज एक कार्यक्रम को आयोजना गरि संविधान दिवस मनाएको छ।तेश्रो संविधान दिवस तथा राष्ट्रिय दिवस को अवसर मा संविधान देशको मुल कानुन हो यसको पालना गर्नु सबैको दायित्व हो भन्ने मुल नाराका साथ बडिगाड गाउपालिका वडा न ७ का वडा अध्यक्ष कृष्ण गुरुङ को अध्यक्षता , गाउपालिका अध्यक्ष मेहरसिङ पाइजा को प्रमुख आतिथ्यता कार्यकारी अधिकृत बालकृष्ण सुबेदी लगाएत को बिशिस्ट आतिथ्यता बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी र बुद्दिजिबी हरुको आतिथ्यता रहेको कार्यक्रम मा बोल्दै कार्यक्रम का प्रमुख अतिथी मेहरसिङ पाइजा ले सम्बिधान प्रती सबै जनता सचेत हुनुपर्ने बताउनुभयो उहाले सम्बिधान अकाट्य नरहेको बताउदै सम्बिधान सबैको लागी सर्बस्विकार्य बनाउनु पर्ने मा जोड दिनुभयो।उक्त कार्यक्रम मा बोल्दै कार्यक्रम का अध्यक्ष्ा तथा वडा न ७ का वडाअध्यक्ष्य कृश्ण गुरुङ ले नेपाल को संविधान २०७२ उत्कृष्ट संविधान रहेको भन्दै सङ्घियता र सम्बिधान को सफल कार्यन्वयन ले नै मुलुक मा समृद्धि आउने बताउनुभयो।कार्यक्रममा वडाकार्यलय वरपर झिलिमिली पारिनुका साथै साना ठुला राष्ट्रिय झन्डा राखेर कार्यक्रम स्थल सिङ्गारिएको थियो भने दिप द्वारा संविधान दिवस २०७६ लेखिएको थियो । कार्यक्रम वडा सचिब नरबिर पर्टेल को सन्चालन मा सम्पन्न भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित