बाबु बने गायक प्रशान्त तामाङ

बाबु बने गायक प्रशान्त तामाङ

Badigad Online
1 Min Read

काठमाण्डौ । गायक तथा अभिनेता प्रशान्त तामाङ बाबु बनेका छन् ।

प्रशान्त र उनकी पत्नी माथा एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू बाबु बनेको खुशी साटेका छन् ।

‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । माया र शुभेच्छा दिने सम्पूर्णलाई धन्यवाद,’ उनले लेखेका छन् । उनीहरूले छोरीको नाम आरिया राखेका छन् ।

प्रशान्त ‘इन्डियन आइडल सिजन ३’ का विजेता हुन् । उनले १२ वर्षअघि ‘गोर्खा पल्टन’ बाट फिल्ममा डेब्यू गरेका थिए । त्यसपछि सन् २०१५ मा फिल्म ‘परदेशी’ मा देखिएका थिए ।

उनी आगामी फिल्म ‘परदेशी २’ को प्रदर्शनको पखाईमा छन् । यो फिल्म दसैंको अवसरमा प्रदर्शन हुनेछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित