गुल्मी : गुल्मीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ।
मुसिकोट नगरपालिका १ बाङ्गेमा हिजो साँझ ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको हो । मालिका गाउँपालिका-२ का २२ वर्षीय दीपक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्याक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराति २ बजे मृत्यु भएको थियो ।तस्बिर : साकेंतिक
Badigad Online