२०४८ देखि एसएलसी परीक्षा दिँदै आएका भागिराम ३०औँ पटकमा उर्त्तीण भए

२०४८ देखि एसएलसी परीक्षा दिँदै आएका भागिराम ३०औँ पटकमा उर्त्तीण भए

Badigad Online
1 Min Read

कैलाली : कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका ५३ वर्षीय भागीराम चौधरी ३०औँ पटक परीक्षा दिएर एसइइ उर्त्तीण भएका छन् । २९औं पटकसम्म एसएलसी तथा एसईईमा अनुत्तीर्ण भएका चौधरीले ३० औं पटकको प्रयासमा सफलता पाएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार उनी २.५ जीपीए ल्याई पास भएका हुन् ।

एसईईमा उत्तीर्ण भएपछि उनले आफू अध्ययनरत तथा कार्यरतसमेत रहेको विद्यालयमा मिठाइ बाँडेर खुसी साटेका छन् । उनी कैलारी गाउँपालिका ९ गदरियास्थित जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी हुन् । उनी सोही विद्यालयमा अध्ययनरत छन् ।

२०४८ देखि एसएलसी परीक्षा दिँदै आएका उनी कोरोना महामारीको अवधिमा भने परीक्षामा सहभागी भएनन् । शिक्षा प्राप्तिको निकै लामो संघर्ष र दृढ आत्मविश्वासपछि एसईई उत्तीर्ण भएका उनले आफू कार्यरत रहेको विद्यालयमै कक्षा ११ भर्ना हुने योजना रहेको बताए । शिक्षाप्रति उनमा भएको लगाव नै सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन् ।

यस्तै जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक डिल्लीराम मिश्रले पनि जीवनमा हरेश नखाइ निरन्तर मेहनत गरे सफलता निश्चित रहेको भन्ने उदाहरण भागीराम बन्न सफल भएकोमा हर्ष व्यक्त गरे । ३ सन्तानका पिता रहेका उनका जेठा छोरा स्नाकोत्तर अध्ययनरत छन्, भने अर्को छोरा र छोरी स्नातकमा अध्ययनरत छन् । फरकधार

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित