दिनेश शर्मा बडिगाड बाग्लुङ आश्बिन ६
जिल्लाको बडिगाड गाउपालिका वडान ७ भिमगिठे गाव मा रहेको खड्गजयन्ती आधारभुत बिधालय मा भुकम्प प्रतिरोधी भवन बन्ने भएको छ।
नेपाल सरकार को भुकम्प बाट क्षती पुगेका भौतिक सम्रचना हरुको बारेमा काम गर्ने पुननिर्माण प्राधिकरण मातहत बाट रु सत्तरी लाख बराबर को चारकोठे योजना परेपश्चात अहिले बिधालय ब्यवस्थापन समिती र स्थानिय हरुको सकृयता मा काम अगाडी बढाइएको छ ।
यसैक्रममा आज बिधालय ब्यवस्थापन समिती का अध्यक्ष हेमराज चालिसे को अध्यक्ष्यता वडाअध्यक्ष्य कृष्ण गुरुङ को प्रमुख आतिथ्यता मा एक कार्यक्रम का बिच भवन को एक पिल्लर राख्ने खाडल मा ढलान राखी वडाअध्यक्ष्य कृष्ण गुरुङ ले भवन को शिलान्यास गर्नुभएको हो कार्यक्रम मा पुर्ब वडा अध्यक्ष डोर बहादुर खड्का बिधालय ब्यवस्थापन समिती सदस्य भिम ब के सि बिधालय का प्र अ शिक्षक बुद्दिजिबी हरुको आतिथ्यता रहेको थियो कार्यक्रम मा बोल्दै प्रमुख अतिथी गुरुङ ले उक्त योजना निकै महत्त्वपूर्ण योजना रहेको भन्दै स्थानिय हरुले मिलेर यसको सहि सदुपयोग गर्न अनुरोध गर्नुभएको थियो ।उहाले उक्त भवन बनाउदा अर्को चारकोठे भवन हटाउनुपरेको भन्दै अहिलेको योजना राम्रोसङ्ग सम्पन्न गर्न अनुरोध गर्दै आगामी दिनमा माथिल्लो तला निर्माण का लागी गाउपालिका बाट बजेट बिनियोजन का लागी पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।
कार्यक्रम मा स्थानिय हरुले खड्गजयन्ती आधारभुत बिधालय गाउपालिका कै धेरै बिधार्थी हुने पहिलोआधारभुत बिधालय रहेको दाबी गर्दै गाउपालिका ले तुरुन्त दरबन्दी थप गरिदिनुपर्ने माग राखेका थिए।उक्त बिधालय मा अहिले दुइ सय असि को हाराहारी मा बिधार्थी हरु अध्ययन रत रहेको र दुइ दरबन्दी र एक राहत गरि जम्मा तिन जना सरकारी तलब खाने शिक्षक रहेका र सात जना निजि श्रोत बाट शिक्षक हरु राखिएको बिधालय श्रोत ले कार्यक्रम मा जानकारी गराएका थिए।