गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ वडा कार्यालयले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीलाई नवीकरणको व्यवस्था गरेको छ ।
वडाबाट हुँदै आईरहेको नवीकरणलाई सहज र सरल बनाउन वडा अध्यक्ष रविन्द्र केसी सहितको टोली प्रत्येक टोलटोलमा पुगेर नवीकरण गरिरहेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै नागरिक अति अशक्त, अपागंता तथा जेष्ठ नागरिक रहेकाले उनीहरुलाई सहज होस भनेर घरघरमै पुगेर सेवा दिईरहेको वडाध्यक्ष केसीले जानकारी दिए ।
नगरपालिकाबाट निरन्तर सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका लाभग्राहीहरुको आर्थिक वर्ष २०७९/८० का लागि नविकरण तथा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८ वर्ष उमेर समुहका नागरिकहरुको सुचिकृत गर्न घरघरमै पुगेर वडाध्यक्ष केसीले सेवा दिईरहेका छन् ।
वडाध्यक्ष केसी र वडासदस्य देव बहादुर रायमाझी लगायतको टोलीले लाभग्राहीहरुको घरमै पुगेर नविकरण एवम् सुचिकृतको काम गरिरहेको छ ।
गाउँ गाउँमा सिहंदरबार आएको भनिएपनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुलाई झण्झट रहेको भन्दै वडाध्यक्ष केसीले भत्ता पनि घरघरमै वितरण गर्ने गरी तैयारी गर्न लागिएको जानकारी दिए ।