जनता र जनप्रतिनिधि बिच प्रत्यक्ष भेटघाट , सम्बाद, जनताका गुनासाको प्रत्यक्ष सुनुवाइ तथा सरकार तथा जनप्रतिनिधिले गरेका प्रतिबद्धता र कामको स्पस्टता गराउने मुख्य उदेश्यका साथ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटीको आयोजनामा यहि २०७६ असोज ७ गते देखि १५ गते सम्म नगरका सबै वडाहरुमा आयोजित जनसंवाद तथा बिजया दशमी , शुभ दिपावली लगायत सम्पुर्ण चाडपर्व हरुको अबसरमा शुभकामना आदानप्रदान अभियानको आज दोर्सो दिन नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्माको प्रमुख आतिथ्यतामा जैमिनी ७ जैदिमा भब्यताका साथ कार्यक्रम सम्पन्न भएको नेकपा जैमिनी नगर कमिटी अध्यक्ष इन्द्र थापाले जानकारी गराउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्वमा रहेको सरकारले ब्यबस्था परिवर्तनको साथ जनताको अबस्था पनि परिवर्तन गर्ने गरि देशको बिकास र समृद्धि तर्फ अग्रसर भै काम गरेको कुरा स्पस्ट पार्दै जनतालाइ सुसूचित गराउनु भएको थियो ।कार्यक्रममा जनताहरुबाट आफ्ना समस्या , जिज्ञासा तथा पार्टी र जनप्रतिनिधिलाई सुझाव प्रत्येक्ष रुपमा प्रस्तुत गरिएको थियो । जनता बाट उठेका समस्या तथा जिज्ञासाहरुको जवाफ तथा सरकारले गरेका बिकासका काम तथा आगामी योजनाका बारेमा प्रतिनिधि सभा सदस्य माननीय साम्सद डा. सुर्य पाठकले स्पस्ट पार्नु भएको थियो । डा पाठकले सरकार जनताको पक्षमा नै काम गरिरहेको , बिकास र समृद्धिको लागि दीर्घकालीन लक्ष्यका साथ अगाडि बढिरहेको अबस्था छ तर देशको बिकास र समृद्धि देख्न नचाहने , देशमा स्थायित्व नचाहने बाह्र्य तथा आन्तरिक केही शक्तिहरुले सामाजिक संजालको दुरुपयोग गर्दै सरकारको गलत आलोचना र भरामक सूचना सम्प्रेषण गरिरहेका छन यस बाट जनता सचेत भै सरकारका काम र योजना प्रती बिस्वस्त रहनु पर्ने बताउनु भयो । उहाँले देशमा बिधि र पद्धति बसाल्नु पर्ने त्यसैको लागि सरकारले विभिन्न कानुन बनाएको छ । तर यस्को कार्यन्वनमा अवरोध गर्न विभिन्न शक्ति हरुले सरकारको आलोचना गर्दै गलत प्रचार फैलाउदै हिनेका छन यस्मा कत्ति पनि बिचलित नभइ सरकार अघि बढ्ने र देशमा बिधिको शासन कायम गर्दै देशलाई बिकास र समृद्धि बनाएर छोडने प्रतिबद्धता गर्नु भयो । कार्यक्रममा जैमिनी नगरपालिकाका उप प्रमुख लिला रानाले जनताका प्रश्न , जिज्ञासाको जवाफ दिदै जैमिनी नगरपालिका सरकारले गरेका काम र आगामी योजनाका बारेमा बोल्दै शुभकामना मन्त्ब्य राख्नु भयो ।
यसै गरि पार्टीको दार्शनिक तथा सैद्धान्तिक बिचारधारा लाई ब्याख्या गर्दै नेकपा गण्डकी प्रदेश कमिटी सदस्य श्रीप्रसाद शर्माले प्रशिक्षणात्मक मन्तव्य राख्नु भयो । नेकपा गण्डकी प्रदेश कमिटी सदस्य लाल बहादुर परियार , नेकपा जैमिनी नगरकमिटीका अध्यक्ष इन्द्र थापा , नगर कार्यलय सदस्य रमेश क्षेत्री , नगर कमिटी सदस्य तथा विद्यार्थी नेता शिव शर्मा , लगायतले शुभकामना मन्त्ब्य राख्नु भएको थियो । नेकपा वडा कमिटी सचिब लेखनाथ पौडेलको अध्यक्षता , नगर कमिटी सचिब झमन पाण्डेको सन्चालन र नेकपा जैमिनी नगर कार्यलय सदस्य खगेन्द्र शर्मा को स्वागत मन्तव्य मा कार्यक्रम सम्पन्न भएको नेकपा जैमिनी नगर कमिटी सदस्य तथा विद्यार्थी नेता शिव शर्माले बताउनु भयो ।