अनिल खत्री, गुल्मी । रुखबाट लडेर घाइते भएका इस्मा गाउँपालिका वडानम्बर-२ छल्दी निवासी ६४ वर्षका टीके कुमालको गुल्मी अस्पतालले निशुल्क उपचार गरेको छ ।
२ हप्ता अघि रुखबाट लडेर गम्भीर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि फोक्सोमा समस्याका कारण बुटवल रिफर गरिएको थियो । आर्थिक अवस्था निकै दयनिय अवस्थामा रहेका उनको बुटवलसम्म पुग्ने समेत पैसा नभएपछि गुल्मी अस्पतालबाट निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।
तर बुटवलमा उनि आर्थिक समस्या बताएर उपचार नगरी घरमै फर्किएका थिए । आर्थिक समस्याका कारण भएको घरको लालपूर्जा लिएर उपचार खर्च जुटाउन हिडेका थिए । तर बिरामीको उपचारका कहिबाट पनि उपचार खर्च जुट्न सकेको थिएन् ।
करिव २ सातासम्म घरमै रहेका कुमालको घाउ दिनानु दिन दुखाई बढ्दै गएपछि पुनः उनको गुल्मी अस्पताल आएपछि उपचार गरिएको अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । रुखबाट लडेर सुरुमा अस्पतालमा आउदा उनलाई निशुल्क रुपमा बुटवलसम्म पुग्ने र उपचारको व्यवस्था मिलाइएको डाक्टर पच्चयाले बताए ।
तर विरामी उपचार नगरी घरमा फर्केका थिए । पुनः उनको गुल्मी अस्पतालमा उपचारपछि अहिलेको अवस्था सामान्य हुदै गएको डाक्टर पच्चयाले बताए । गुल्मी अस्पतालले गरिव निमुखा जनताको लागि स्वास्थ्यको क्षेत्रमा उल्लेखिनीय काम गर्दै आएको छ । पछिल्लो समय गुल्मी अस्पताल सुत्केरी लगायतका अन्य सेवाहरुमा अब्बल बन्दै गएको छ ।
कुनैबेला रिफर सेन्टर जस्तै बनेको अस्पताल अहिले बिरामीहरुका लागि निकै सहज बनेको छ । सरकारी अस्पतालले राम्रो उपचार गर्दैनन भन्ने आम मानिसको सोचाईलाई गुल्मी अस्पतालले चिरदिएको छ । अस्पतालमा हाल दैनिक ३ सय वढि बिरामीले दैनिक सेवा लिदै आएका छन् । भने कयौं सुत्केरीहुने आमाहरु पनि यस अस्पतालमै सेवा लिएर घर फर्केका छन् ।
सरकारी अस्पताले आम नागरिकको भरोसाको केन्द्र बनेपछि उपचारकै लागि अनेत्र धाउनुपर्ने बाध्यतालाई केहिहदसम्म कम गरेको छ । जसले गर्दा गरिव ताथ निमुखा नागरिकको लागि धेरै नै सहज अस्पताल बनेको हो ।