म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका दुई रुमको तामेङमा पहिरोले तीन घर पुर्दा दुई जनाको मृत्यु भएको छ ।
बिहान खसेको पहिरोले घर पुर्दा नवीन र राजन विकको घटनास्थलमै मृत्यु भएको हो । घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो । मृत्यु हुने दुबै जना गोठे विकका छोरा हुन ।
पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय घामबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी विक छन् ।
पहिरोग्रस्त क्षेत्रमा भारी वर्षा भइरहेकाले बेपत्ताको खोजी र उद्धारमा समस्या भएको बताइएको छ । दुई जना सख्त घाइतेको स्थानीयले उद्धार गरेका छन् ।
पहिरोले घाइते गोठे र उनकी श्रीमती गोरी विकको स्थानीय उद्दार गरेका हुन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
पहिरो गएको स्थान मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्राको दूरीमा रहेको छ ।