राम प्रसाद घिमिरे, बाग्लुङ्ग, असोज १०,
जिल्ला प्रहरी कार्यलय बाग्लुङ्ग ले म्याग्दी जिल्ला, रघुगगां गाउँपालिका वडा न. ८ बस्ने बर्ष २० का नवराज बि.क लाइ प्रक्राउ गरेको छ। प्रहरिले गएराती ११ बजे बाग्लुङ बजारको उपल्लाचौर मा झोला बोकेर बाटोमा एक्लै पैदल यात्रा गरिराखेको बेलामा अलि शंकास्पद देखिएपछी खोजतलास गर्दा उनको झोलामा बम बनाउन प्रयोग हुने कक्चा पदार्थ फेला परेको हो ।
उनको झोला बाट प्रहरी ले बम बनाउन प्रयोग हुने स्पृङ ८ वटा, हतियार सफा गर्ने पुलथ्रु,तेलमा भिजाइएको टल्ली, जनसंयोगक लेखीएको एक टिसर्ट अनि विभिन्न कागजपत्रहरु सहित पक्राउ गरेको छ । प्रक्राउ परेका बि.क सरकारले प्रतिबन्ध गरेको नेत्र बिक्रम चन्द (बिप्लप) निकट कार्यकर्ता हुन सक्ने जिल्ला प्रहरी कार्यलय बाग्लुङ्ग ले जनाएको छ । यस बारेमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले उक्त व्याक्ती सङ्गै अरु गिरोह पनि हुन सक्ने सम्भावना देखिएकाले थप अनुसन्धान अगाडि बढाइएको बडिगाड अनलाइनलाइ जानकारी दिनुभयो ।
उक्त युवालाइ पक्राउ गरेसङ्गै त्यस क्षेत्रको सुरक्षा व्यवस्थालाइ थप कडा बनाइ खोजतलास गरिरहेको सुचना अधिकारि डि.एस.पि झबिन्द्र भट्टराइले बडिगाड अनलाइनलाइ जानकारी दिनु भयो । बि.क लाई थप अनुसन्धान गर्न प्रहरी हिरासत मा राखिएको भट्टराइले जानकारी दिनुभएको छ । नेपाल सरकारले प्रतिबन्ध गरेसङ्गै नेत्र बिक्रम चन्द (बिप्लब) का नेता तथ कार्यकर्ता पक्राउ गरिराखेको अवस्थामा यो घटनाले अनुसन्धानलाइ थप बलियो बनाउनुपर्ने आवश्यकता औल्याएको छ ।