काठमाडौं । प्रतिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति टुंगो लगाएको हो ।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो। सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।
यसअघि २०७४ सालमा प्रतिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो।
Badigad Online