प्याब्सन गुल्मीको अध्यक्षमा राजु कुँवर चयन

प्याब्सन गुल्मीको अध्यक्षमा राजु कुँवर चयन

Badigad Online
1 Min Read

गुल्मी । नीजि तथा आवासीय विद्यालयहरुको छाता सगंठन प्याब्सन गुल्मीको अध्यक्षमा राजु कुँवर चयन हुनुभएको छ । सदरमुकाम तम्घासमा सम्पन्न प्याब्सनको ९ औँ अधिवेशनले कुँवरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा योजन केसी, सचिवमा भिमकान्त भट्टराई, सहसचिवमा देविराम पाण्डे, कोषाध्यक्षमा सन्तोष शर्मा र सहकोषाध्यक्षमा डेलराज अर्याल चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा प्रेमनारायण पाण्डे,जिवन न्यौपाने,विवेक पन्थी,आनन्द प्रधान र मोहन श्रेष्ठ लगायत रहनुभएको छ ।

अधिवेशनमा प्याब्सन गुल्मीका संस्थापक एवम् जेष्ठ सदस्य मोहनलाल श्रेष्ठले नवगठित समितिका पदाधिकारीहरुलाई अबिर तथा फुलमाला लगाईदिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष भगतसिहं खड्कालाई ईस्मा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

निवर्तमान अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव देविराम पाण्डेले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित