दिनेश शर्मा आश्विन २६ बडिगाड बाग्लुङ
जिल्लाको बडिगाड गाउपालिका वडा न ७ भिमगिठे मा रहेको भिमगिठे माध्यमिक बिधालय का प्र अ सागर खरेल ले यहि आश्विन १२ गते दिएको प्र अ पदको राजिनामा २५ गते बसेको बिधालय ब्यवस्थापन समिती को बैठक मा बिबाद का बिच बिधालय ब्यवस्थापन समिती का अध्यक्ष नर ब खत्री सहित को समुह ले स्विकृत गरेपछी हलचल पैदा भएको छ ।
बिधालय ब्यवस्थापन समिती का अध्यक्ष नर ब क्षत्री ,शिक्षक प्रतिनिधी जित ब थापा,सदस्य दिपक रायमाझी ले समितिको बैठक को एकमात्र एजेन्डा प्रधानाध्यापक को राजिनामा स्विकृत सम्बन्धमा छलफल गर्दै राजिनामा स्विकृत गर्ने निर्णय गरि माइनेट बन्द गरेपछी बिधालय ब्यवस्थापन समिती सदस्य कृष्ण गुरुङ,बिधालय ब्यवस्थापन समिती सदस्य खिम ब के सि ,पदम बि क ,सुमित्रा घिमिरे खत्री,निमित्त प्र अ तिल ब थापा ले राजिनामा स्विकृत गर्ने निर्णय प्रती पुर्ण असहमती जाहेर गर्दै प्र अ सागर खरेल ले नै प्र अ पद मा बसि कामकाज गर्न अनुरोध गर्दै असहमती जाहेर सहित को लिखित असहमती माइनेट मा नै दर्ज गरेका छन ।यस बिषय मा बुझ्दा ब्यवस्थापन समिती अध्यक्ष नर ब क्षत्री ले प्र अ सागर खरेल ले आफ्नो स्वेच्छाले राजिनामा दिएको र उक्त राजिनामा स्विकृत गरि प्रक्रिया अगाडी बढाइ बिधालय लाइ निकास दिन मुनासिब देखिएकोले राजिनामा स्विकृत गरिएको बताउनुभएको छ भने प्र अ बाट राजिनामा दिनुभएका सागर खरेल ले आफुले बिधालय मा राम्रो काम गर्दा पनि केहि ब्यक्ती हरुले आफुलाइ बिबिध आरोप लगाएको र सोहि कारण ले आफु लाइ पिडाबोध भएकोले राजिनामा दिएको र शिक्षक हरुको बैठक को राजिनामा फिर्ता गर्ने निर्णय ले आफुले राजिनामा फिर्ता लिन चाहेपनि अबैधानिक तरिकाले आफ्नो राजिनामा स्विकृत गरिएको बताउनुभयो।
बिधालय मा समस्या को सुरुवात भने श्रावण २६ गते नि मा बि सामाजिक बिषय अध्यापन गराउनुहुने शिक्षक कपिल रेग्मी सरुवा भइ आफ्नो घरपाएक मा गए पश्चात गल्कोट नगरपालिका १० पान्डबखानी मा बि मा अध्यापनरत शिक्षक काशिराम बि क ले भिमगिठे मा बि मा सरुवा भइ आउन का निमित्त निबेदन दिएको र बि ब्य स अध्यक्ष नर ब क्षत्री समुह ले सरुवा गरि ल्याउनुपर्ने माग राखेको र प्र अ सागर खरेल को समुह ले ल्याउन नहुने अडान राखेपश्चात सोहि बिषय लाइ दुबै पक्ष ले प्रतिष्ठा को बिषय बनाउदा समस्या बल्झिदै गएको सरोकारवाला ले बताएका छन ।