काङ्ग्रेस छाडेका पौडेल एमाले केन्द्रिय सल्लाहकार परिषदमा मनोनीत

काङ्ग्रेस छाडेका पौडेल एमाले केन्द्रिय सल्लाहकार परिषदमा मनोनीत

Badigad Online
1 Min Read

बागलुङ : नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका बागलुङका नवराज पौडेल एमाले केन्द्रीय सल्लाहकार परिषदको सदस्य मनोनित हुनुभएको छ । नेपाली कांग्रेसको महासमिति सदस्य रहेका पौडेल गत स्थानीय निर्वाचन पछि काङ्ग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन ।

पौडेललाई नेकपा एमालेको आज सम्पन्न सचिवालय वैठकले केन्द्रिय सल्लाहकार परिषद सदस्यमा मनोनित गरेको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो । नेपाली कांग्रेसकामा चार दशक ब्यतित गरेका पौडेललाई एमाले केन्द्रीय सदस्य सरहको सल्लाहकार परिषद सदस्य मनोनयन गरिएको हो ।

४० बर्ष नेपाली काङ्ग्रेसको राजनिति गरेका र जिल्ला सचीव समेत भैसकेका पौडेल के कारणले पार्टि परित्याग गरे भन्ने कारण नखुलाएको भए पनी काङ्ग्रेस निकट कार्यकर्ताको अनुसार आफुभन्दा कनिष्ठ ब्यक्तिले टिकट पाउदा आफ्नो सम्मान नभएको भन्दै उनले पार्टि छोडेको बताउछन ।

गत स्थानीय तह निर्वाचनमा उनको पत्नि उषा पौडेललाई नेकपा एमालेको तर्फबाट जैमिनि नगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाइएको थियो । यसरी गत स्थानीय तह निर्वाचनपछि कांग्रेस छोडेका पौडेल, गल्कोटबाट स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेको काङ्ग्रेस नेतृ मन्जु चालिसे, माओवादी केन्द्र गल्कोट नगर अध्यक्ष तिलक उप्रेती लगायत गत असारमा एमाले अध्यक्ष केपी ओलीको निवासमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका थिए ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित