जीवन पाण्डे, बाग्लुङ्ग, असोज २९
दु:खै दु:खले भरिएको बुद्धिमाया को जिवनलाइ मलमपट्टि लगाउन हङकङ बस्दै आउनुभएका नेपाली मनकारी युवाहरुले नगद रु. २०,००० (बीस हजार मात्र) सहयोग गर्नुभएको छ । चाडवाडको अवसरमा सबै रमिरहेको बेला त्यो पिडाले भरिएको जीवन पनि खुसी होस भन्दै उहाहरुले सहयोग गर्नुभएको हो । समाजसेवी युवा रविलाल पौडेल, नेपाल अपडेटका मोहन बस्नेत र बडिगाड अनलाइनबाट जीवन पाण्डे ले तयार पारेको भिडियो देखेपछी उहाको वास्तविक पीडा बुझेर बडिगाड अनलाइनको फेसबुक पेजमा म्यासेज गरि उहाँहरुले सहयोग गर्नुभएको हो ।
बुद्धिमाया को बडिगाड गाउपालिका वडा न. ३ सिसाखानिमा विवाह भएको थियो । बिवाह भएको केही समय पछि उहाको श्रीमानको मृत्यु भएको र त्यसपछी घरबाट अपहेलित भएपछी उहाको २ सन्तान लिएर बाग्लुङ्ग नगरपालिका को उपल्लाचौर भन्ने स्थानमा भाडामा बस्दै आउनुभएको बुद्धिमाया घर्ती बताउनुहुन्छ । उहाको दुई सन्तान छन तर दुबै शारिरिक एबम मानसिक रुपमा अशक्त भएका कारणले उनिहरुको लालन पालनमा समस्या भएको उहाले बताउनुभएको छ । अशक्त सन्तानलाइ हेरचाह गर्नुपर्ने भएकाले आफुले काम गर्न पनि नसकेको, काम नगर्दा आर्थिक अभावले आफू बाच्ने कुनै आधार नभएको भन्दै उहाले सहयोगको अपेक्षा गर्नुभएको थियो । सोही व्यथा बुझेपछी गुमानसिङ भण्डारीले सहयोगी मनकारी व्याक्तिको नेतृत्व गर्दै बडिगाड अनलाइन मार्फत सहयोग गर्न रु, २०,००० पठाउनुभएको छ ।
सहयोगी मनहरुको सहयोग यस प्रकार छ ।
गुमानसिङ भण्डारी गलकोट, वाग्लुङ्ग हाल हङकङबाट हङकङ डलर ३००, रूपा थापा मगर बुटवल, हाल हङकङ डलर ३०० बिर बहादुर थापा तनहु, हाल हङकङ डलर २००, प्रकाश थापा बुटवल, हाल हङकङ डलर २००, देबकुमारि गुरूङ पाेखरा, हाल हङकङ डलर २००, नामसेन थापा पाेखरा, हाल हङकङ डलर १०० र दिक्षा श्रेष्ठ पाेखरा, हाल हङकङ डलर १०० गरि जम्मा नेपालीमा रुपान्तरण २०,००० रुपैया सहयोग गर्नुभएको छ ।
समाजसेवी रविलाइ पैडेल मार्फत सहयोग गर्ने भनि केही रकम रविलाल पौडेलसम्म पनि आएको हुदा हामी उहाकै घरमा गएर उहाकै हातमा सहयोग हस्तान्तरण गर्ने छौ ।