सागर भण्डारी,गुल्मी । गुल्मी मुसिकोटकी एक युवती एक महिनादेखि बेपत्ता भएकी छिन् । मुसिकोट नगरपालिका वडा न २ भर्जुवा स्थायी घर भई हाल मुसिकोट ६ भुवाचिदी बस्ने पुष्पा नेपाली बेपत्ता भएकी हुन् ।
श्रावण ६ गतेदेखि बेपत्ता उनी कही कतैबाट सम्पर्कमा नआएको श्रीमान प्रकाश नेपालीले बताए । उनी श्रीमानसगैं भुवाचिदी पसलमा व्यापार गर्दै आएकी थिईन् ।
५ वर्षीय छोरीलाई स्कुल छोड्न जान्छु भनेर निस्किएकी उनी त्यसपछि सम्पर्कमा नआएको श्रीमान नेपालीले जानकारी दिए । वामी प्रहरी चौकीमा श्रीमतीको खोजि पाउँ भनी निवेदन दिएको उनले बताए ।
प्रहरी आफन्त र छरछिमेकी जही तहीँ खोज्दा पनि फेला पार्न नसकेपछि उनले खोजि गरिदिन सबैसगं आग्रह गरेका छन् ।
उनलाई फेला पारेमा नजिकैको प्रहरी चौकी वा श्रीमान प्रकाश नेपालीको सम्पर्क नम्बर ९८६७८६८५०७ मा सम्पर्क गर्न उनले अनुराध गरेका छन् ।
Badigad Online